रामकृष्ण कंडेल, वामीटक्सार गुल्मी २०७६ कात्तिक २२ । मुसिकोट नगरपालिकाको वार्ड नं ८ स्थित वामी मैदानमा ब्यबसायिक कृषक हरूको लागि मौरिपालन सम्बन्धि ५ दिने तालिम शुरू भएको छ। कृषि,पर्यटन र पूर्बाधार,सम्बृध्द मुसिकोटको आधारूभन्ने मुल नारामा केन्द्रित भई मुसिकोट नगरपालिका, वार्ड नं ८ का ब्यबसायिक कृषक हरूको लागि तालिमको आयोजना गरिएको हो।
यस तालिम बाट वामी र पुरै मुसिकोट नगरपालिका लाई मह उत्पादनमा बृध्दि गराई आत्मनिर्भर गराऊने ऊध्देश्य लिईएको छ । मौरिपालक कृषक हरू लाई मौरी सम्बन्धी सैध्दान्तिक र प्रयोगात्मक दुबै ज्ञान तालिम मार्फत दिन लागेको मुसिकोट नगरपालिकाका ना।प्रा।स।तथा तालिमका प्रशिक्षक सर्बजित ओलीले बताए । प्रशिक्षक ओलीका अनुसार मौरीपालन सम्बन्धी तालिम पश्चात कृषक हरूले ब्यबसायिक रूपमा मौरी पालन भित्र गोला बिभाजन,गोला समायोजन,मह प्रशोधन र कृतिम रानी उत्पादन गरी मौरी ब्यबसायमा दक्षता हॉसिल गर्ने छन।
शारदा बिद्यामन्दिर मा बि को सभा हलमा एक औपचारिक कार्यक्रम आयोजना गरी तालिमको शुरूवात गरिएको हो। तालिममा प्रमुख अतिथि कृषि अधिकृत जनक पौडेल,मुसिकोट नगरपालिका का ना।प्रा।स।तथा तालिमका प्रशिक्षक सर्बजित ओली,शारदा बिधामन्दिर मा बि का प्रधानाध्यापक ज्ञानहरी सापकोटा,वडा सचिब सुबास सुनार,ना।प्रा।स।शिबहरी गौतम,पशु प्राबिधिक ताराप्रसाद कंडेल लगायतको बिशेष उपस्थिति रहेको थियो।वडा भित्रका २५ ब्यबसायिक कृषक हरूको तालिममा उपस्थिति रहेको छ।
कार्यक्रममा कार्यबाहक वार्ड अध्यक्ष क्याप्टेन पूर्ण बहादुर घर्तीको अध्यक्षता,ना।प्रा।स।शिबहरी गौतमको स्वागत मन्तब्य र सहायक कम्यूटर अपरेटर उज्वल खत्रीको सन्चालन रहेको थियो।