Sorry, that menu does not exist.
 

दिनानुदिन मानवअधिकारका घट्नाहरु उन्लङघन हुँदै गएकोमा चिन्ता प्रकट !

बागलुङ २०७६ कात्तिक २२ । समुन्नत समाज निर्माणका लागि मानव अधिकार सुनिश्चित हुनुपर्ने बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन । मानव अधिकार तथा शान्ति समाज बागलुङको २२ औं साधारण सभा बोल्ने अधिकाशं बक्ताहरुले पछाडी परेका तथा पछाडी पारिएकाहरुको न्यायका लागि आवाज उठाउनुपर्ने भन्दै द्धन्द्धमा भएका घटनाका अपराधीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका थिए । उनिहरुले अहिले मानव अधिकारको उलङ्घन भईरहेको भएपनि राज्य जवाफदेही नबनेको भनाई राखेका थिए ।

सहभागीले मानव समाजलाई शव्य बनाउनका निम्ती सवैको सहकार्यको आवश्यक रहेको बताएका थिए । उनिहरुले मुलुकमा दिनानुदिन मानवअधिकारका घट्नाहरु उन्लङघन हुँदै गएकोमा चिन्ता प्रकट गरेका थिए ।

देशमा विभिन्न नीतिगत व्यवस्था आएपनि अझै संक्रमणकालीन न्यायको अन्त्य भएको महसूस गर्न नपाएको सहभागीको भनाई थियो । उच्च ओहदामा बसेका व्यक्तिहरुबाटै मानव अधिकार हनन भएकाले यसको अन्त्य हुनुपर्ने पनि उनीहरुको भनाई थियो ।

कार्यक्रमको उदघाट्न गर्दै जैमिनी नगरपालिकाका नगरप्रमुख इन्द्रराज पौडेलले स्थायी शान्तिका लागि भौतिक सुविधा आवश्यक रहेको बताए ।

उनले समाजमा घटिरहेका हत्या, हिंसा, बलात्कार लगायतका अपराध बढ्दै गएको भन्दै सकरात्मक समाजको चिन्तन गर्नुपर्ने समय आएको बताए । हामी समाजका लागि चिन्तन नगर्दा समृद्धि ल्याउन झनै गाह्रो भै रहेको छ पौडेलले भने समाजमा अझै पनि मानव अधिकारको हनन भएको छ यसको रोकथामका निम्ती सवै तहबाट पहल थाल्नुपर्दछ ।

कार्यक्रममा शान्ती समाजका पुर्व अध्यक्ष विकास पौडेल, पुर्व सभापति भुमिश्वर गौतम, महिला अधिकारकर्मी शकुन्तला शर्मा, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीस, विद्यार्थी नेता हरिहर शर्मा, मानव अधिकारकर्मी लक्ष्मी जिसी कार्की, नेपाल ट्रेड युनियन कांग्रेसको जिल्ला अध्यक्ष इश्वर ठाकुर पौडेल, नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष विजय राना, स्ववियु सचिव बिष्णुराज पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम समाजका अध्यक्ष लक्ष्मीकान्त शर्मा पौडेल ‘राजेन्द्र’को अध्यक्षता, सहसचिव बालकृष्ण शर्माको स्वागत र सचिव हरि प्रसाद शर्मा हरिशको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !