Sorry, that menu does not exist.
 

त्रिशुली युवा क्लवको क्रियाकलाप प्रदेश मन्त्री बस्नेतव्दारा प्रशंसा !
हिलमा हरिबोधनी एकादशी मेला सम्पन्न : त्रिशुली नदीमा ३६५ हात लामो तोरण तारियो !

मन्दिप निउरे, ताराखोला २०७६ कात्तिक २२ । घुम्टे हाम्रो शान पर्यटन बिकास हाम्रो अभियान भने मुल नाराको साथ त्रिशुली युवा क्लब ताराखोला गाउँपालिका वाड नम्बर ३ घुस्मेली बागलुङले हरिबोधनि एकादशी मेलाको अबसरमा आयोजना गरेको विविध कायक्रम सम्पन्न भएको छ । आजै त्रिशुली नदीमा बाजा भजन सहित ३६५ हात लामो तोरण तार्ने कार्य सम्पन्न गरिएको थियो ।

आजको समापन कार्यक्रमका प्रमुख अतिथी एवं गण्डकी प्रदेशका भौतिक एबम योजना मन्त्री रामशरण बस्नेतले कायक्रमलाई सम्बोधन गर्दै ताराखोलाको दुर्गम गाउँमा रहेर क्लबले गरेको काम सह्रानीय भएको बताउदै गाउँमा भएका प्राकृतिक स्रोत कृषि बन पैदावार संचालनमा ल्यायर जोडिने नेतृत्व पनि क्लबले लिनुपर्ने बताए । उनले गण्डकी प्रदेश सरकारले एक घर एक धाराको अबधारणा अनुसार ताराखोलामा सबै घरघरमा पानी पुराउने लक्षय राखेको बताए ।

गण्डकी प्रदेशका साम्सद चन्द बहादुर बुदा सागरले क्लबमा सहभागी युवाले समाज परिवर्तनमा खेलेको भुमिका महत्त्वपूर्ण रहेको चर्चा गर्दै ताराखोला भित्र सस्थाले गरेका कामले आफुलाइ निकै खुशी लागेको बताए ।

गण्डकी प्रदेशकी सांसद दिलमाया रोका मगर दिपाले युबाहरु अघि बढे समाजले छोटो समयमा काचुली फेर्छ भने कुरामा जोड दिईन् । ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तिले क्लबले निकै सकारात्मक क्रियाकलाप अघि बदाएको प्रती खुशी व्यक्त गरे ।

कार्यक्रममा खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगितामा कालिका मोटर पार्ट्स हटिया प्रथम, संगम युवा क्लब हरिचौर व्दितिय भएका छन् भने मेलाको अबसरमा आयोजना गरेको भुपु भलिबल प्रतियोगिता ,सोलो बाइक रेश प्रतियोगिता धनुषबाण प्रतियोगिता , व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

कायक्रममा राष्ट्रिय कलाकार देवी घर्ती, ,रामकुमार नेपाली ,सुनिता नेपाल ,अमर धिताल रेशम निर्दोष , मोडेल बुद्धवीर थापाको सांगीतिक प्रस्तुती रहेको थियो ।
कायक्रम त्रिशुली युवा क्लबका अध्यक्ष जीवन बस्नेतको अध्यक्षता क्लबका सल्लाहाकार सन्जय कुमार श्रेष्ठको स्वाग्त मन्तव्य र सचिब गणेश बहादुर कार्कीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !