Sorry, that menu does not exist.
 

प्रदेश मन्त्री बस्नेतव्दारा लाबाङ खानेपानीको अनुगमन : ताराखोलाले छिट्टै काँचुली फेर्ने कुरामा विश्वस्त !

पूर्णभद्र निउरे, ताराखोल २०७६ कात्तिक २३ । ताराखोला लावाङ खानेपानी तथा सरसफाइ आयोजनाको गण्डकी प्रदेशका भौतिक पुर्बाधार बिकास मन्त्री रामशरण बस्नेतले आज निरीक्षण अनुगमन गरेका छन् । ताराखोला गाउँपालिका वडा न ४ तारामा प्रदेश सरकारको लगानी र खानेपानी डिभिजन कार्यालय बागलुङको संचालनमा आब २०७५/७६ मा संचालित योजनाको मन्त्री बस्नेत द्वारा निरीक्षण भएको हो ।

निरीक्षण र अनुगमन पछि बोल्दै मन्त्री बस्नेतले गण्डकी प्रदेश भित्र खानेपानीको समस्याबाट कोहि बन्चित हुन नपरोस भनी कार्यक्रम अघि बढाइरहेको बताए । ताराखोला गाउपालिका आफैंमा स्रोत साधन सम्पन्न गाउँपालिका भएकोले यहाँको स्रोत साधनको अधिकतम प्रयोग गर्दै गाउँपालिकाले छिट्टै काचुली फेर्ने कुरामा विश्वस्त रहेको मन्त्री बस्नेतले बताए। मन्त्री बस्नेतले आयोजना सम्पन्न पछि खानेपानीको मुहान ट्यांकी लगायत पाइप लाइनहरुको संरक्षण गर्न उपभोक्ताहरुलाइ अनुरोध समेत गरे ।

आयोजनाको बारेमा जानकारी दिदै खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका प्रमुख राजेन्द्र न्यौपानेले प्रदेश सरकारको रु १ करोड ६६ लाख र उपभोक्ता समितीको रु १ करोड ३१ लाख गरि कुल २ करोड ७६ लाख बराबरको लगानीमा ७० घरधुरीमा ७० वटा धारा निर्माण भएको जानकारी दिए । कार्यालय प्रमुख न्यौपानेका अनुसार यो आयोजना सहित ताराखोला गाउपालिका भित्र ८ वटा आयोजनाहरु क्रमागत रुपमा संचालन भैरहेको समेत जानकारी दिए ।

अनुगमन कार्यक्रममा प्रदेश सांसद द्वय चन्द्र बहादुर बुढा (सागर) र दिलमाया रोका (दिपा), ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्ती , उपाध्यक्ष दिल कुमारी पुन रोका वडा न ४ र ५ का अध्यक्ष जित बहादुर खत्री , राम बहादुर रोका लगायत अन्य जनप्रतिनिधि , राजनैतिक दलका प्रतिनिधि तथा स्थानीय हरुको सहभागीता रहेको थियो ।

कार्यक्रम लावाङ खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष सूर्य बहादुर घर्तीको अध्यक्षता , सचिब तम बहादुर घर्तीको संचालन र वडा अध्यक्ष जित बहादुर खत्री को स्वागतमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !