बागलुङ २०७६ कात्तिक २९ । आसन्न उपनिर्वाचनको मिति नजिकिदै जाँदा बुर्तिवाङमा चुनावी परिदृश्यहरु क्षणक्षणमा बदली रहेकाछन् । नेकपा जिल्ला कमिटी, बागलुङले आज एक विज्ञप्ती प्रकाशित गरी उपनिर्वाचनको सन्दर्भमा गलत हर्कत गरेको भन्दै पार्टीका दुई नेताहरुलाई पार्टी सदस्यसमेत नरहने गरी निष्काशित गरेको छ । यसरी उपनिर्वाचनको मुखैमा आएर पार्टीबाट निष्काशित गरिएका नेकपा नेताहरुमा तुलसीराम अर्याल र दधिराम अर्याल (दाजु/भाई)रहेका छन् ।
नेकपा जिल्ला कमिटी अध्यक्ष ईन्द्रलाल सापकोटाव्दारा हस्ताक्षरित विज्ञप्तीमा उप निर्वाचनमा शेरमान घर्तीको स्वतन्त्र उम्मेदवारी कायम गर्न गरिएका हर्कतहरु, उम्मेदवारी फिर्ता लिने समय टार्नको लागि गरिएका अनुचित गतिविधि र शेरमान घर्तिले पत्रकार सम्मेलन गरि उम्मेदवारी फिर्ता लिएको सन्दर्भमा उनले पाएको चुनाव चिन्हलाई दुरुपयोग गरि पार्टीलाई नै असफल गराउन गरिएको गतिविधि पार्टी नीति विपरित भएको आरोप लगाएर उनिहरुलाई निष्काशित गरिएका विज्ञप्तीमा उल्लेख छ ।
गत कात्तिक १७ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ढोरपाटन नगर कमिटिले बुर्तिबाङमा गत कात्तिक १७ गते आयोजना गरेको निर्वाचन केन्द्रित प्रशिक्षणात्मक कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बागलुङ जिल्ला ईन्चार्ज तथा प्रमुख अतिथि बलावती शर्मा, गण्डकी प्रदेश सांसद चन्द्र बहादुर बुढा सागर, ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपाली, जिल्ला कमिटि सदस्य टंक पौडेल लगायतले बागलुङ क्षेत्र नं. २ “ख” मा हुने प्रदेश सभाको उप–निर्वाचनमा आफ्नै उम्मेदवार उठाउने र विजय हासिल गर्ने दावी गरेका थिए ।
सोही अवसरमा उपनिर्वाचनमा सत्तारुढ नेकपाले राष्ट्रिय जनमोर्चालाई सघाउने प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी विच मौखिक सहमति भएपनि नेकपा बागलुङका नेता तथा कार्यकताहरुले भने आफुहरुलाई स्वीकार्य नरहेको बताउदै आफ्नै पार्टीको चुनाव चिन्हमा मतदान गर्न पाउनुपर्ने माग गर्दै उनिहरुले आफ्नो पार्टीको चुनाव चिन्ह लिएर जोसुकै आए पनि हामी जिताउछौँ तर विगतको गठबन्धनलाई निरन्तरता दिन तयार छैनौँ भनेका थिए ।
नेकपा बागलुङले गत कात्तिक ६ गते जिल्ला सदस्य तुल्सिराम अर्याल, प्रदेश सदस्य प्रेम घर्ती, जिल्ला सदस्य चन्द्रलाल अर्याल, मोहनलाल शर्मा, बलबहादुर श्रीपाली, केशर छन्त्याल, टँकप्रसाद पौडेल, ऋतुवर्ण पौडेल, वीरबहादुर विश्वकर्मा र महिलाबाट सीता कँडेल सहिन १० जना सम्भावित उमेदबारको नाम प्रदेशमा पठाएको थियो । कात्तिक १७ गतेको छलफल लगत्तै प्रदेश कमिटीले तुलसी अर्याल, मोहनलाल शर्मा, प्रेम घर्ती र सीता कँडेलको नाम केन्द्रमा सिफारिस गरेको थियो ।
प्रतिनिधी सभासदस्य देवेन्द्र पौडेलको नेतृत्वमा कात्तिक १० गते बिहान अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डको निवास खुमलटार पुगी जित्ने उमेदवारलाई सिफारिस गर्न आग्रह गदै प्रम ओली र अध्यक्ष केसीबीच भएको मौखिक सहमती विरुद्ध असन्तुष्टि व्यक्त गरेका थिए । तर त्यसको केहि दिन पछि नेकपाले राजमोलाई नै उपनिर्वाचनमा समर्थन गर्ने निर्णय गरे पछि नेकपाको ठुलै चोईटो असन्तुष्ट रहेको थियो ।
मनोनयन दर्ता गर्ने समयमा नेकपा/राजमोको संयुक्त जुलुसमा बुर्तिवाङ भेगबाट नेकपाका कार्यकर्ताको पातलो सहभागित मात्र नभएर निसीभूजी नै मेरो ह्याण्डलमा छ भन्नेहरु सदरमुकाम आएरपनि लुकेर बसे,कहिँकतै सार्वजनिक उपस्थिति देखाएनन् ।
उता पोखरा देखी बागलुङ आएका शेरमान घर्तीले दधिराम अर्याल प्रस्तावक र नीमबहादुर विकलाई समर्थक राखेर स्वतन्त्र उमेदवारी दर्ता गराए । राजमो बिरुद्ध नेकपाबाट बिद्रोही उमेदवारी दिन दुईतीन दिन पहिले देखी नै प्रचार गरिरहेका नगरप्रमुख देव कुमार नेपालीका स्वकीय सचिव केशर बहादुर छन्त्यालले अन्तिम समयमा मनोनयन दर्ता गराएनन् । तर अहिले आएर राजमोको बर्खिलाप बागी उमेदवारी दर्ता गराउन प्रपन्च रच्नेहरुनै चोखो बनेर तुलसीराम अर्याल र दधिराम अर्याललाई कोपभाजनको शिकार बनाएको निसीभूजीमा चर्चा छ ।
उता निसीभूजीमा राजमोका उमेदवारलाई जिताउन विज्ञप्ती प्रकाशित गरेर बाकस घोप्ट्याएका शेरमान घर्तीको निर्वाचन चिन्ह क्लिपमा मतदान गर्न अपील गरिएका पर्चा पम्प्लेट छ्याप्छ्याप्ती देखिएका छन् ।
निसीभूजी भेगमा वामपन्थी राजनीतिमा राम्रो प्रभाव राख्ने अर्याल बन्धुहरुको यो निष्काशनबाट तत्कालका हकमा आसन्न उपनिर्वाचनमा नकारात्मक असर त पर्छ नै यसले त्यसक्षेत्रको राजनीतिमा दूरगामी असर पर्ने राजनीतिकबृत्तमा आँकलन गरिएको छ ।
राजमोलाई सघाउने प्रधानमन्त्री ओली र राजमो अध्यक्ष केसीबीच भएको मौखिक सहमति जिल्लालाई अस्वीकार्य !
राजमो संगको सहमती बिरुद्ध नेकपा प्रदेश कमिटीले पठायो चार जनाको नाम : त्रिपक्षीय भीडन्तको संकेत !
20 Comments