सुमन सुनार, बुर्तिबाङ २०७६ मंसिर २ । नेपाल कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय जनमोर्चा संबद्ध महिला संगठनको आईतबार बुर्तिबाङमा भएको संयूक्त भेलाले ढोरपाटन नगरपालिकामा बाम गठबन्धनको महिला उप–निर्वाचन परिचालन कमिटि गठन गरिएको छ । नगर स्तरिय महिला उप–निर्वाचन परिचालन कमिटि गठन गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा ढोरपाटन नगरपालिका वडा नं. १, वडा कमिटि सचिव मन कुमारी शर्मा गैरेका अनुसार, दुर्गादेवी घर्ति मगरको संयोजकत्वमा १ सय ५५ सदस्यीय परिचालन कमिटि गठन गरिएको छ, जसको उप–संयोजकमा सीता कँडेल रहेकी छन ।
यस्तै सोही भेलाले नगर स्तरका ९ औटै वडामा २५/२५ सदस्यीय वडा स्तरिय महिला उप–निर्वाचन परिचालन कमिटि गठन गरिएको जानकारी दिँदै सचिव गैरेले वडा नं. १ मा छेला नेपाली, वडा नं. २ मा जमुना खनाल, वडा नं. ३ मा गमी बुढा मगर, वडा नं. ४ मा कमला छवी, वडा नं. ५ मा गामती घर्ति मगर, वडा नं. ६ मा सुनमायाँ घर्ति मगर, वडा नं. ७ मा हिमा कायत, वडा नं. ८ मा बेगमती घर्ति मगर र वडा नं. ९ मा धनिकला घर्ति मगर संयोजक रहेको कमिटि गठन गरिएको बताईन् ।
नेपाल कम्यूनिष्ट पार्टी नेकपा ढोरपाटन नगरपालिका वडा नं. १, वडा कमिटि अध्यक्ष लक्ष्मी बानियाको अध्यक्षता रहेको भेलामा अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य कुशुम बुढामगरको प्रमुख आतिथ्यता रहेको थियो ।
सो भेलालाई संबोधन गर्दै प्रमुख अतिथी बुढाले नेपाली कांग्रेस यथास्थीती बादी शक्ति भएको आरोप लगाईन । नेपाली कांग्रेसले आफुलाई प्रजातान्त्रीक शक्ति भन्दै आएपनि बर्तमान अवस्थाबाट माथी उठ्न र परिवर्तन नचाहने शक्ति भएको आरोप लगाईन । कम्युनिष्टहरु दुरगामी दृष्टी राखेर, भोलीको समाजवादसंगको परिकल्पनाका साथ अगाडी बढ्ने भएकाले देशको विकास र समृद्धि चाहनेहरुले बाम गठबन्धनलाई मतदान गर्नुको विकल्प नभएको बुढाको भनाई थियो । उनले कुनैपनि हालतमा चुनाव जित्ने गरी प्रचार प्रसारमा लाग्नका लागि नवगठित परिचालन कमिटिलाई आग्रह गरिन् ।
यस्तै सोही भेलालाई संबोधन गर्दै अखिल नेपाल महिला संघ बागलुङकी अध्यक्ष तथा गण्डकी प्रदेश सांसद सावित्रा रानाले निर्वाचन व्यक्ति र लिंग विशेषले मात्रै निर्वाचनमा विजयी हासिल गर्ने परिस्थिति नरहने भन्दै पार्टी संबद्ध सबै मिलेर निर्वाचनको प्रचार प्रसार तथा घरदैलो अभियनामा लाग्न सके विजयी हासिल गर्न सकिने बताईन । नवगठित परिचालन कमिटिले आफुसंगै अरुलाई पनि निर्वाचनमा लाग्नका लागि पे्रित गर्ने हिसावले भुमिका निर्वाह गर्न उनले आग्रह आग्रह गरेकी थिईन् ।
भेलामा ढोरपाटन नगरपालिकाकी उप–प्रमुख करमती पुनले पनि मन्तव्य दिएकी थिईन ।
नेकपा ढोरपाटन नगरपालिका वडा नं. १, वडा कमिटि सदस्य सीता कँडेलको स्वागत मन्तव्य रहेको भेलाको संचालन भने वडा कमिटि सचिव गैरेले गरेकी थिईन् ।