छविलाल पाण्डे, बुर्तिवाङ २०७६ मंसिर २ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व गृहमन्त्री कृष्ण प्रसाद सिटौलाले कम्युनिष्ट किल्ला तोड्दै चुनाव जित्न नेता कार्यकर्तालाई आब्ह्वान गरेका छन् । सोमबार बिहान ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा घरदैलो कार्यक्रम पश्चात बोल्दै नेता सिटौलाले बागलुङ प्रदेश २ (खं) नेकपा राजमो विचको तालमेल भएको अवस्थामा सबै तह र तप्का एक ढिक्का भएर निर्वाचन आफनो पक्षमा पार्ने अभियानमा जुट्न आग्रह गरे ।
प्रजातन्त्रको रक्षा गर्न र जनताको अधिकार सुनिश्चत गर्नका निम्ती पनी नेपाली काँग्रेसको जीत आवश्यक रहेको प्रष्ट्याउँदै उनले भने प्रत्यक वडामा पुगेर जनताको घरदेलोमा पुगेर अभियानलाई प्रभाबकारी बनाउनुपर्नेमा जोड् दिए । वर्तमान सरकारका गतिविधीबाट जनता निराशपूर्ण अवस्थामा पुगिसकेको र लोकतन्त्रमाथी समेत खतरा बद्दै गइरहेको उनको भनाई छ ।
कार्यक्रममा नेपाली काँग्रेस केन्द्रिय सदस्य शँकर भण्डारी, केन्द्रिय सदस्य रत्ना शेरचन, जिल्ला सभापती दिपेन्द्रबहादुर थापा, पुर्व पार्टी सभापती प्रकाश पौडेल, नेपाली काँग्रेसका उमेदवार जितशेरचन, सँघिय साँसद ज्ञानकुमारी छन्त्याल, क्षेत्रीय सुभापती दोर्णकुमार कुवँर लगाएत जिल्ला तहका नेता कार्यक्रता, भातृ सँगठन, महिला सँघ लगाएतका व्यापके सहभागिता रहेको थियो ।
कार्यक्रमका अवसरमा क्षेत्रीय सभापती दोर्णकुमार कुवँरव्दारा २२ वटै वडामा जिल्ला तहका नेता र क्षेत्रका नेता कार्यकर्ताताहरुलाई जिम्मेवारी दिइएको र मतदाता भेटघाट कार्यक्रमलाईनै पहिलो प्राथमिकता दिइएको बताए ।
कार्यक्रम ढोरपाटन नगर संयोजक शालिकराम शर्माको अध्यक्षता, महिला सँघ केन्द्रिय प्रतिनिधी डिलमाया पौवीको सञ्चालनमा सम्पन्न भएको थियो ।
One Comment