Sorry, that menu does not exist.
 

सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिको क्षमता अभिबृद्धी तालिम सुरु !

बागलुङ, २०७६ मंसिर २ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले आफ्ना सदस्य सेवाकेन्द्रहरुमा गठित सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले सोमबारदेखि बागलुङ बजारमा सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिको क्षमता अभिबृद्धि तालिम सुरुवात गरेको छ ।

संस्थाको गत असोजमा सम्पन्न दशौं वार्षिक साधारण सभाबाट नयाँ सञ्चालक समिति चयन भएपश्चात सदस्य सेवाकेन्द्रहरुमा पनि नयाँ सदस्य सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिको गठन भएको थियो । गठित उपसमितिलाई सहकारीको बारेमा पूर्ण ज्ञान दिने उद्देश्यले आयोजना गरिएको तालिमलाई नेफ्स्कूनका पूर्व सञ्चालक एवं तालिमका प्रशिक्षक ईन्द्रराज ज्योती पौडेलले दीप प्रज्वलन गरेर उद्घाटन गरेका थिए । कार्यक्रममा सल्लाहाकार निर्माणकुमार श्रेष्ठ, भुमिश्वर गौतम, सदस्य सेवाकेन्द्रहरुको तर्फबाट विहुँ सदस्य सेवाकेन्द्रका संयोजक चुडामणि कँडेल लगाएतले तालिम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

संस्थाका १२ वटा सदस्य सेवाकेन्द्रबाट ९५ जनाको सहभागिता रहेको कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले नयाँ समितिलाई सहकारी सम्वन्धि जान्ने पर्ने विषयहरु समेटेर यो तालिमको आयोजना गरेको बताए । उनले यो तालिमभर अन्य कुराहरुलाई विर्सेर संस्थाले लिएको लक्ष्य पुरा गर्न आवश्यक ज्ञान लिनका लागि सहभागिहरुलाई आग्रह गरे ।

२ दिनसम्म सञ्चालन हुने तालिमको सहजिकरण नेफ्स्कूनका पूर्व सञ्चालक ईन्द्रराज ज्योती पौडेल, नेफ्स्कूनका सञ्चालक एवं संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल र प्रशिक्षक हरिलाल सापकोटाले गर्ने संस्थाले जनाएको छ ।

तालिमको उद्घाटन सत्र संस्थाका अध्यक्ष पौडेलको अध्यक्षता, सह–सचिव सुवास आचार्यको स्वागत र सचिव जयराम भारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !