रामकृस्ण कंडेल, वामीटक्सार २०७६ मंसिर ४ । वामी विश्व सम्पर्क मञ्च नौमति बाजा महोत्सव तथा साँस्कृतिक समितिको सचिवालय बैठक सम्पन्न भएको छ।अनलाइनबाट गरिएको बैठकमा महत्वपुर्ण बिषयहरुमा छलफल गरि निर्णयहरू समेत गरिएको महासचिब हेमनाथ खरेलले जानकारी दिए । महासचिब खरेलका अनुसार वामी विश्व सम्पर्क मञ्चको मुल बिधानको भाबना र मर्मलाइ सम्मान हुने गरी साँस्कृतिक समिति मार्फत साँस्कृतिक कार्यबिधि निर्माण गर्ने,साँस्कृतिक कोष सँकलनको लागि कार्यबिधिले गरेको दिशानिर्देशलाइ मध्यनजर गर्दै अघि बढ्ने,यसै बर्षको अन्त्यसम्म वामीमा बिद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता आयोजना गरि ” मौलिकता की आधुनिकता” शिर्षकमा बाद बिवाद कार्यक्रम सम्पन्न गर्ने रहेका छन।
त्यसैगरी बैठकले वामीलाइ चिन्ने / वामीले रुचाउने मौलिक भाकाहरुको पहिचान गरि हाम्रो आफ्नै प्याटनका पुराना भाकालाइ कम्तीमा यौटा भए पनि रेकर्डिङ गर्ने,वामी विश्व सम्पर्क मञ्च मुल समितिका महासचिव शिक्षक रामचन्द्र सापकोटा र साँस्कृतिक समितिका सुचना तथा सञ्चार प्रमुख रामकृष्ण कंडेल दुइ जना को रोहबरमा वामी स्थित सबै युबा क्लब, सबै आमा समुह र सबै बिद्यालयबाट एक एक जना प्रतिनिधि यस वामी विश्व सम्पर्क मञ्च नौमति बाजा महोत्सव तथा साँस्कृतिक समितिमा जोडेर कार्य समितिलाइ पुर्णता दिने निर्णय गरेको छ।
बैठकमा बौद्धिक ब्यक्तित्वहरु, प्रमुख सल्लाहकार ,बरिष्ठ सल्लाहकार, अध्यक्ष,उपाध्यक्ष द्वय,कोषाध्यक्ष, सचिब लगायत साँस्कृतिक मनहरु तथा कार्यकारी समितिका अधिकॉश साथीहरुको सहभागिता रहेको थियो । बैठकमा बौद्धिक ब्यक्तित्वहरु बैकुन्ठ रायमाझी (चेक),डा.जिबलाल सापकोटा(काठमान्डौ),रामबहादुर के सी(काठमान्डौ),रमेश कंडेल(सुडान),हेमन्त खरेल(कोरिया),ध्रुब के सी(कोरिया),रामकृस्ण कंडेल(वामीटक्सार),रामचन्द्र सापकोटा(वामीटक्सार),निर्मला रायमाझी(जापान) लगायतको सहभागिता रहेको थियो।सॉझ७.३० बाट शुरू भई बैठक सॉझ९.३०मा सम्पन्न भएको हो। बैठक अध्यक्ष बैकुन्ठ रायमाझिको अंध्यक्षता र महासचिब हेमनाथ खरेलको सन्चालनमा सम्पन्न भएको थियो।
स्मरण रहोस, वामी-विश्व सम्पर्क मञ्चले वामीको सांस्कृतिक विकास, मौलिक नौमती बाजा तथा पुराना वा परम्परागत संस्कृति संरक्षण तथा प्रवर्द्धनको लागि बैकुन्ठ रायमाझिको अध्यक्षतामा पैँतिस सदस्यीय कार्यसमिति गठन गरेको छ।
आगामी वर्ष २०७७ आस्विन शुक्ल पुर्णिमा अथवा कोजाग्रत पूर्णिमा (विजया दशमी पछिको पूर्णिमा) को एकदिन पछि द्वितीया तिथिमा आयोजना गरिने नौमती बाजा महोत्सव तथा सांस्कृतिक कार्यक्रम गरिने छ।