बागलुङ २०७६ मंसिर १० । सिवाइसी वचत तथा ऋण सहकारी सस्था ,महिला विकास समिति तथा सिवाइसी नेपाल लघुवित्त वित्तिय सस्था लिमिटेड बागलुङको आयोजनामा भएको लैङगिक हिंसा विरुद्धको १६ दिने अभियान सुभारम्भ कार्यक्रममा वोल्दै नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि। नेफ्स्कूनका सञ्चालक चण्डिप्रसाद शर्मा पौडेले महिलामा सम्पती माथीको पहुच नपुगे सम्म महिला हिंसा न्युनिकरण हुन नसक्ने वताए ।
पौडेलले महिलाहरु आर्थिक रुपमा सवल वन्न नसकेको कारण हिंसाको सिकार हुन वाध्य भएको वताए । हिंसा रहित समाज निर्माणको लागी सवैले आआफनो क्षेत्रवाट सहयोग गर्न आवश्यक रहेको उनको भनाई थियो ।
कार्यक्रममा महिला अधिकारकर्मी कल्पना हमाल पाठकले देशमा दिन प्रतिदिन हिंसाका घटना घटीरहदा समेत राज्य उदासिन वन्दा नागरिकले न्याउ पाउन नसकेको वताईन ।
सहकारीका महिला विकास उप समितिका संयोजक पुतली थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सिवाइसी नेपाल लघुवित्त वित्तिय सस्था लिमिटेड बागलुङका म्यानेजर संगिता शर्माले गरेकी थिईन् ।
औपचारिक कार्यक्रम हुनुपुर्व सिवासी वचत तथा ऋण सहकारी सस्थाको केन्द्रीय कार्यलय हल्लनचोक वाट निकालिएको ¥यालीले आवरोड ,अस्पताल रोड, धौलगिरीचोक लोकतान्त्रीकचोक हल्लनचोक समिट चोक ,ट्रफिक चोक हुदै पुन कार्यलय परिसरमा कार्यक्रम गरिएको थियो ।
नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन १६ दीने लैगिक हिंसा विरुद्धको अभिन अन्र्तगत सहकारीका विभिन्न नगर तथा गाउपालिकामा रहेका सदस्य सेवाकेन्द्रहरु मार्फ १६ दीन सम्म कार्यक्रम गरिने सहकारीले जनाएको छ ।