बागलुङ २०७६ मंसिर १० । आगामी मंसिर १४ गते सम्पन्न हुने उपनिर्वाचनलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय बागलुङले मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा उपनिर्वाचन आचार संहिता अनुगमन समितिको निर्णयानुसार २०७६ साल मंसिर १४ गतेको उपनिर्वाचनको मौन अवधि सुरु भएपछी सम्वन्धित मतदाता, उमेदवार, सुरक्षाकर्मी, कर्मचारी पर्यवेक्षक र अनुमति प्राप्त व्यक्ति बाहेक अन्य व्यक्तिलाई निर्वान हुने क्षेत्रमा प्रवेश गर्न नदिने, निर्वाचन प्रचार प्रसारका लागी उपनिर्वाचन क्षेत्रमा रहेका मतदाता र अनुमती प्राप्त व्यक्ति बाहेक अन्य व्यक्ति सो क्षेत्रबाट फिर्ता हुने निर्णय भएको जानकारी गराएको छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङका अनुसार मतदान हुने दिन विहान ५ बजे देखी साँझ ७ बजेसम्म अनुमती पत्र प्राप्त गरेका बाहेका अन्य सवारी साधनहरुलाई रोक लगाउन लेखी आएकोले गल्कोट नगरपालिका ३ भैँसे स्थित दरम खोला पुलबाट सवारी आवत जावतमा रोक लगाउने सीमानामा रहेका छिमेकी जिल्ला गुल्मी प्यूठान, रोल्पा, रुकुम पूर्व र म्याग्दी जिल्लासंग जोडिएका नाकाहरु बन्द गर्ने जिल्ला प्रशासन कार्यालय बागलुङले सूचनामा जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङबाट जारी सूचना