Sorry, that menu does not exist.
 

दोश्रो गल्कोट घुम्टे महोत्सवको समापन भोलि : हेलिकप्टर बन्यो महोत्सवको आकर्षण !

थम्मन थापा, गल्काेट २०७६ मंसिर ११ । मंसिर ४ गतेदेखि दोस्रो गल्काेट घुम्टे महोत्सव २०७६ सञ्चालन भईरहेको छ । महोत्सवमा मुख्य आकर्षणको रुपमा रहेको हेलिकप्टर मार्फत पर्यटकीय तथा धार्मिक स्थलहरुको दृश्यावलोकन हिजो देखि सञ्चालन भईरहेको छ । प्रभु हेलिकप्टर मार्फत दर्शकलाई गलकोट उपत्यका सँगै गलकोटको शिर पर्यटकीय तथा धार्मिक स्थल घुम्टे शिरमा सिद्व भैरव दर्शन गर्नेहरुको आज ओईरो लागेको छ । दिउँसो १ बजेदेखि हेलिकप्टर उडान भईरहेको हेलिकप्टर व्यवस्थापन समितिका सदस्य भुपेन्द्र खत्रीले जानकारी दिए । अहिले सम्म घुम्टेमा ६ ट्रिप गरिसकेको सदस्य खत्रीले बताए ।

विशेष गरि गलकोट क्षेत्रबाट विदेशमा रोजगारीको सिलसिलामा रहेका आपफन्तजन र छोरा छोरीले नेपालमा रहेका बाबा आमा र आफन्तजनलाई टिकट बुकिङ गरि हेलिकप्टर बाट दृश्यावलोकन सँगै घुम्टेमा सिद्व भैरवको दर्शन गर्ने माहोल मिलाएका हुन । महोत्सवमा हेलिकप्टर मार्फतको दृश्यावलोकनले हेलिकप्टर चढनेहरुले प्रकृतिको मनोरम दृश्य हेर्दै आनन्द त लिएकै छन र बाहिर बसेका दर्शकले समेत आकाश तर्फ आँखा लगाउँदै मनोरञ्जन लिईरहेका छन ।

हेलिकप्टर चढेर दृश्यावलोकन गर्दै घुम्टे शिरमा पुगेर सिद्व भैरवको दर्शन आफु प्रफुल्ल भएको र स्वर्गै गएजस्तो अनुभुती भएको गलकोट नगरपालिका ५ हरिचौरका ८७ वर्षिया ज्येष्ठ महिला तिल कुमारी खत्रीले बताइन् । पहिले बचपनमा धेरै पटक जाने आउने गरेको भएता पनि बुढेसकालमा महोत्सवले हेलिकप्टर मार्फत दर्शन गर्न पाएको भन्दै आयोजक र टिकट व्यवस्था मिलाउने छोराहरुलाई धन्यवाद समेत ज्ञापन गर्नु गरीन ।

हिजो मंगलबार उक्त हेलिकोप्टरले गलकोट उपत्यकामा १० ट्रिप गरेको थियो । महोत्सवमा हेलिकोप्टर चार्टरले महोत्सवको रौनकता र माहोल नै छुट्टै बनाईदिएको छ । दर्शकको चाहनालाई मध्यनजर गरि आज सकिनु पर्ने दोस्रो गलकोट घुम्टे महोत्सवको समय अवधि १ दिन अर्थात भोली सम्मको लागि थप गरिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्र बागलुङका अध्यक्ष झंक बहादुर बस्नेतले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !