बुर्तिवाङ २०७६ मंसिर ११ । ढोरपाटन नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष तिलक पुनले आज एक विज्ञप्ति जारि गर्दै, प्रदेश निर्वाचनमा बाम गठबन्धनका उमेदवार खिम विक्रम शाहीलाई मतदान गरेर विजयी बनाउन पार्टी शभेच्छुकलाई अपिल गरेका छन् ।
गत कार्तिक १२ गते साँझ स्थानीय केही व्यक्तिहरुको आक्रमणबाट घाइते भई उपचाररत रहेका वडाध्यक्ष पुनले, आफू सहितका केही जिम्मेवार व्यक्तिहरुलाई केही अराजक गतिविधिमा संलग्न व्यक्तिहरुले आक्रमण गरि घाइते बनाएको अवस्थामा, पार्टि नेतृत्वले, निष्पक्ष घटनाको छानविन गर्ने र दोषि उपर कार्वाही अघि बढाउने प्रतिवद्धता जनाएको भन्दै, विज्ञप्ति मार्फत घटनाक्रमका विषयमा स्पष्ट पार्न विज्ञप्ति जारि गरिएको विज्ञप्तिमा उल्लेख छ ।
वडाध्यक्ष पुनमाथि सांघातिक आक्रमण, टाउकोमा ३२ टाँका : राजमो अध्यक्षले पाए मुखभरीको जवाफ !
वडा नं. ४ को सुवाखोला टोलमा स्थानीय केही व्यक्तिहरुकोबीचमा उत्पन्न विवाद समाधान गर्न खोज्दा, आफू सहित राष्ट्रिय जनमोर्चा खुंगाका अध्यक्ष गनबहादुर फगामी, जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाको सचिवालयमा कार्यरत नायब सुब्बा दिलिप बुढाथोकी, प्रमुखका सवारी चालक कोपिल बुढाथोकी लगायतका साथीहरु गम्भीर घाइते भएको र आक्रमणबाट सबै जनाको टाउकोमा गम्भीर चोट लागेको अवस्थामा पोखरा, काठमाण्र्डा लगायतका अस्पतालमा पुगि उपचार गरिएको पुनव्दारा विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तीको पूण्र्मपाठ यस प्रकार छ,