Sorry, that menu does not exist.
 

बिश्व चर्चित फोर्ब्स म्याग्जीन (पत्रिका)मा नेपाली युवा राजन थपलिया

विजय थापा, डिसी २०७६ मंसिर १३ । न्यूयोर्क निबासी चर्चित युबा लेखक तथा तथ्यांक वैज्ञानिक राजन थपलियाले बिश्व चर्चित फोर्ब्स मिडिया म्याग्जीन (पत्रिका) मा लेखन सुरु गरेका छन। फोर्ब्स संचारघर (मिडिया )को मध्य पूर्व अन्तर्गत उनको लेखहरु प्रकाशित भएका छन।

हाल सम्म उनको दुई ओटा लेख प्रकाशित भएका छन । भर्खरै पत्रिका (म्याग्जिन)को बिचार खण्ड (सेक्सन)मा कसरी आफ्नो लक्ष्य हासिल गर्नमा बढी केन्द्रित हुने भन्ने बिषय लेख प्रकाशित भएको छ ।

साथै यस अघी उनको एक सफल मालिक हुन चहिने पाँच गुणहरू बिषयमा लेख प्रकाशित भएको थियो। उनका आगामी लेखहरु सबै व्यापार ,नेतृत्व र जीवन शैलीमा आधारित हुने छन।

उनको आगामी लेख बिधुतिय (अनलाईन)बाट पैसा कमाउने पाँच तरीका छिटै प्रकाशित हुँदैछ । अब हरेक हप्ता फोर्ब्समा उनको लेख प्रकाशित हुने कुरा राजनले बताए ।

बिश्वका डलर अर्बपति (बिलिनीयर)को क्लब (अड्डा)को रुपमा चिनिएको बिश्वको शीर्ष स्थानमा ब्यापारिक ब्राण्ड (मार्का )फोर्ब्स म्याग्जीन (पत्रिका)मा अबसर पाउनु सजिलो कुरा होइन।

यहाँ प्रकाशित हरेक लेखहरुले छुट्टै महत्व राख्छन। यस अघी हफिंगटन पोस्टमा उनका सयौ लोकप्रिय लेखहरु प्रकाशित भएका थिए । केही बर्ष अघी उनले आफ्नो किताब शत प्रतिशत जीवन सगरमाथाबाट बिमोचन गरेका थिए भने उनले लेखेका कविता नेपालको कक्षा ६ को अँग्रेजी पाठ्यक्रममा समेत राखिएको छ।
Forbes
Top Five Qualities To Be A Successful Boss

How To Be More Focused On Achieving Your Goals

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !