Sorry, that menu does not exist.
 

प्रदेशसभा निर्वाचन : कुन मतदान केन्द्रमा, कति मतदाताले मतदान गरे ? यस्तो छ, आंकडा !

छविलाल पाण्डे बुर्तिवाङ २०७६ मंसिर १४ । कुल ३५ हजार १८४ मतदाता रहेको प्रदेश तहमा २१ हजार २ सय ९५ जनाले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशमा जम्मा २४ मतदान स्थल र ४३ मतदान केन्द्रहरुमा मतदाताहरुले मतदान गरेका छन् ।

निसीखोला गाउँपालिकामा १३ हजार ६७९ मतदाता मध्ये ८ हजार ४५६ मत खसेको छ । निसीखोला गाउँपालिका वडा न ं१ मा २ हजार १ सय मतदाता मधये १ हजार २३८, वडा नं.२ मा २ हजार ३६४ मतदाता मध्ये १ हजार ३५३, वडा नं.३ मा २ हजार मतदाता मध्ये १ हजार ३५३, वडा नं.४ मा १ हजार ६५९ मध्ये १ हजार ६०, वडा नं.५ मा २ हजार २३ मतदाता मध्ये १ हजार १७४, वडा नं.६ मा १ हजार ६७ मध्ये १ हजार २१५, र वडा नं.७ मा १ हजार ६६६ मतदाता मध्ये १ हजार २५ मत खसेको बताइएको छ ।

त्यस्तैगरी तमानखोला गाउँपालिकाको ६ वटा वडामध्ये वडा नं.१ क र ख केन्द्रमा गरी १ हजार ७६७ मतदाता मध्ये १ हजार ९ मत खसेको छ । वडा नं.२ मा १ हजार ५६९ मतदाता मध्ये ९ सय ९७, वडा नं.३ मा १ हजार ९७ मतदाता मध्ये क र ख मतदान केन्द्र गरी ६ सय १ मत खसेको छ । उता वडा नं.४ तमानमा ७ सय ८९ मतदाता मध्ये ४ सय ५ मत खसालेका छन् । वडा नंं. ५ मा ९ सय ३६ मतदाता मध्ये ७ सय ३७ र वडा नं.६ मा ५ सय ६७ मतदाता मध्ये ३ सय ४२ मत खसेको बताइएको छ ।

ढोरपाटन नगरपालिका वडा नं.१ उत्तरगँगा मावि क र ख मतदान केन्द्रमा गरी १ हजार ४६२ मतदाता मध्ये १ हजार ८ जनाले मतदान गरेका छन् । वडा नं.२ जनजागृति आधारभुत विद्यालय कुत्थाप्ला केन्द्रबाट १हजार ९९८ मतदाता मध्ये क र ख केन्द्रबाट गरी १ हजार १ सय ६६ मत खसेको छ । ढोरपाटन नगरपालिका ४ छोरेगाँउ मावि मतदान केन्द्रबाट ७ सय ५७ मत खसेको छ भने धिरी मतदान केन्द्रबाट ३ सय ३५ मत खसेकोे छ ।

ढोरपाटन ५ मा क र ख मतदान केन्द्रमा गरी १ हजार ९१६ मतदाता रहेकोमा १ हजार ११२ मत खसेको बताइएको छ । प्रदेश तहको मतपेटिका जिल्ला सदरमुकाम लगिने र भोलि देखि गणना सुरु हुने भएको छ भने वडीगाड २ को मतपेटिका गाँउपालिका कार्यालयमा पुर्याइएको र आजनै गणना गरिने बताइएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !