छविलाल पाण्डे बुर्तिबाङ २०७६ मंसिर २२ । बुर्तिवाङ ढोरपाटन यातायात सेवा प्रा.लि बुर्तिबाङको प्रथम बार्षिक साधारण सभा एवम प्रथम अधिवेशन शनिबार सम्पन्न भएको छ । सँस्थाको कार्यालयमा आयोजित कार्यक्रमबाट जितबहादुर कुवँरको अध्यक्षतामा पाँच सदस्यीय कार्यसमिती गठन गरीएको छ । समितीको उपाध्यक्षमा लोकबहादुर भण्डारी, सचिव नरबहादुर केशि, कोषाध्यक्षमा हेमबहादुर बिक र सदस्यमा जितबहादुर कुवँर चयन हुनुभएको हो । समितीका निवर्तमान अध्यक्ष सहविन अर्गजा र कोषाध्यक्ष दिपक कुमार अदै पदेन सदस्यमा चयन भएका छन् ।
२०७३ फाल्गुन ४ गते कम्पनी रजिष्ट्रारको कार्यालय र यातायात कम्पनीमा दर्ता भई सञ्चालमा आएको यातायात प्रालीले पछिल्लो समय पश्चिम बागलुङमा यातायात सुविधाको पूर्ण रुपमा सहयोग पुर्याउँदै आएको छ । कम्पनी मार्फत हालसम्म ट्याक्सी, भ्यान र दुई पिकअप गरी ५६ सवारीका साधनले दर्ताभएर सेवा दिँदै आइरहेका छन् । हालसम्म ४७ सवारीले रुट प्रमिट लिइसकेको र अन्य ९ सवारीले चाँडै रुट प्रमिट लिएर सञ्चालमा आउने सँस्थाका वर्तमान अध्यक्ष जितबहादुर कुवँरले बताए ।
हाल बुर्तिबाङ–बागलुङ, बुर्तिबाङ–निसी, पूर्वीरुकुम तथा बुर्तिबाङ –बुटवल सम्म र लोकल क्षेत्रमा ट्याक्सी र भ्यानले सुविधा दिँदै आएका छन् ।
कार्यक्रमका अवसरमा सँस्थाको आय–ब्याय समेत प्रस्तुत गरीएको थियो । कोषाध्यक्ष दिपककुमार अदैव्दारा प्रस्तुत प्रतिवेदन अनुसार २०७६ असार मसान्त सम्म गरेको कारोबारमा ३२ लाख ९९ हजार आम्दानी, १८ लाख ५ हजार २ सय ३८ रुपैयाँ खर्च गरी कुल १४ लाख ९३ हजार ९ सय ३२ रुपैयाँ बचत गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ । सँस्थाको ढोरपाटन १ खप्तरीबाङमा ४ रोपनी जग्गा समेत खरिद भइसकेकोे छ । आफुहरुले धेरै कष्ठका साथ कम्पनी सञ्चालमा ल्याईको बताउँदै अवका दिनमा साना सवारी मात्र नभएर जिप, बसलाई समेत यस समिती अन्र्तगत दर्ता हुने गरी काम अगाडी बढाइएको र सबैको साथ अनुसार बृहत रुपले अगाडी बढिने सँस्थाका निवर्तमान अध्यक्ष सहविन अर्गजाले बताए । कार्यक्रममा पत्रकार छविलाल पाण्डे, आइएमि जनरल इन्स्योरेन्स बागलुङका साखा प्रवन्धक माधन सापकोटा, बतास कम्पनीका प्रतिनिधी सरोज पौडेल र विनी गुरुङ, सँस्थाका सदस्य जित बहादुर कुवँर, लगाएतको आतिथ्यता एवम मन्तब्य रहेको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले सँस्थालाई चुस्त दुरुस्त राख्दै सेवालाई नाफामुखि भन्दा बढि सेवामुखि रुपमा अगाडी बढाउन आग्रह गरेका थिए । कार्यक्रम सँस्थाका सदस्य हेमप्रसाद विकको स्वागत, सचिव नरबहादुर क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो । ।।