बागलुङ २०७६ मंसिर २३ । थरीथरीका ब्राण्ड र नामबाट बजारमा जार र बोत्तलमा बिक्री गरिने प्रशोधित पानी (मिनरलवाटर) को मुल्य घटेको छ ।
पानी उद्योगहरुको अनुगमन गर्दा उत्पादकहरुले बिक्री गरेको मुल्य र बजारमा उपभोक्ताले तिर्ने मुल्यमा बढी अन्तर भै उपभोक्ता मर्कामा परेको देखिएकोले सो सम्वन्धमा उद्योगी, व्यवसायी र निर्देशनालय बीच छलफल हुँदा प्रशोधित खानेपानी (बोत्तल वाटर) एक बोत्तलको रु २५ बाट घटाई रु १६ र जारको पानी रु ६० बाट घटाई रु ५०। एमआरपी मुल्य कायम गरिएको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेश पोखराले जनाएको छ । परिवर्तिच मुल्य यहि मंसिर २० गतेदेखी लागु हुने पनि निर्देशनालयले उल्लेख गरेको छ ।
यस सम्वन्धमा जिल्ला प्रशासन कार्यालय बागलुङले बागलुङ उद्योग वाणिज्य संघ प्रशोधित पानी उत्पादक लगायत सम्वन्धितहरुलाई सोही अनुसार विक्री वितरण गर्न निर्देशन दिईसकेको जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी धीरेन्द्र पन्तले जानकारी दिए ।