छविलाल पाण्डे, बुर्तिवाङ २०७६ पुस १ । विद्या सागर प्राथमिक विद्यालय तमानखोला गाउँपालिका १ कोटबाङको ५१ औँ बार्षिक उत्सब कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष प्रेमबहादुर रोकाको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथी एवं तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले कार्यक्रमको उद्घाटन गर्दै तमानखोला गाउँपालिकाका सामुदायिक विद्यालयको शैक्षिक र भौतिक व्यबस्थापनका निम्ती गाउँपालिकाले पहिलो प्राथमिकता दिएर अगाडी बढिरहेको बताए । उनले आफुहरुले तिनबर्षको कार्यकालसम्म आईपुग्दा गाउँपालिकामा भएको शिक्षक व्यवस्थापनको समस्यालाई करिब सुल्झाई सकिएको बताउँदै भौतिक ब्यबस्थापन तर्फ पक्की भवन निर्माण, फर्निचर व्यवस्थापनका बिषयलाई समेत प्राथमिकता दिइएको बताए । अवका दिनमा शैक्षिक गुणस्तरलाई थप प्रभाबकारी रुपमा अगाडी बढाउने बताउँदै शिक्षा क्षेत्रलाई शिक्षक, व्यवस्थापन समिती, अभिभाबक सबैले समन्वय गर्दै आफनो जिम्मेवारीको रुपमा हेर्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतम, वडा अध्यक्ष थमबहादुर रोका लगाएतको मन्तब्य रहेको थियो । रितादेवी रोकाको स्वागत रहेको कार्यक्रम विद्यालयका प्रअ बुद्धिसरा बुढामगरले सञ्चालन गरेकी थिईन ।
कार्यक्रममा वडा अध्यक्ष थमबहादुर रोका, जेष्ठ नागरिक हर्कबहादुर बुढा, सञ्चयकोष स्थापना कर्ता देबबहादुर पुन, विद्यालयका भुपु व्यवस्थापन समिती अध्यक्ष प्रेमबहादुर पुन लगाएतको आतिथ्यता रहेको थियो ।