कमल पौडेल, बडिगाड २०७६ पुस १ । बडीगाड गाउँपालिका २, जिमी स्थित भगवती प्राथमिक विद्यालयको ३१ औं वार्षिकोत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्धबाट मात्रै शैक्षिक गुणस्तर कायम गर्न सकिने बताए ।
उपप्रमुख भुसालले निजी विद्यालय संगको प्रतिष्पर्धाले शैक्षिक गुणस्तर वृद्धि गर्न सहयोग पुगेको भन्दै सरकारी विद्यालय थप अब्बल हुनुपर्ने बताए । भुसालले स्थानिय सरकार मार्फत विभिन्न विकास योजना संचालन भैरहेको भन्दै सरकार समृद्ध नेपाल, सुखि नेपालीको बाटोमा हिँडिरहेको बताए ।
कार्यक्रममा बडीगाड गाउँपालिका वडा नं. २, वडा अध्यक्ष ढाल प्रसाद शेरचन, त्रिभुवन नमुना मावि खर्वाङका प्रधानाध्यापक ढालमणि भण्डारी, नव प्रतिभा वचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक दुर्गा अर्याल, विद्यालय व्यावस्थापन समितिका पूर्व अध्यक्षहरु गोकुल गिरि, रगुनन्द गिरि, शिक्षक अभिभावक संघका अध्यक्ष दोर्ण बन लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमममा प्रधानाध्यापक शिवलाल बनले आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा सुरक्षा आमा समुह र मिलन आमा समुहको भजन, विद्यार्थीहरुको पिटि प्रदर्शनी लगाएत साँस्कृतिक कार्यक्रमको समेत प्रस्तुत गरेका थिए । सो कार्यक्रम विद्यालय व्यावस्थापन समितिका अध्यक्ष प्रेम अर्यालको अध्यक्षता, शिक्षक शोभा राना थापाको स्वागत मन्तव्य तथा शिक्षक मिना गिरिको सञ्चालनमा सम्पन्न भएको थियो। सोहि अवसरमा सहयोगदाताहरुलाई सम्मान समेत गरिएको थियो।