प्रेम सुनार, गुल्मी २०७६ पुस ३ । गुल्मीको साविक ३ वटा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नम्वर १ र ३ विकट क्षेत्र मानिन्थे । तत्कालीन क्षेत्र नम्वर १ साविकको सुगम मानिने क्षेत्र नम्वर २ संग गाभिएर विकासको गति पकडिएको छ । साविक क्षेत्र नम्वर २ को हाल रेसुङ्गा नगरपालिकाका केहि वडाहरु संग गाभिएर बनेको हालको क्षेत्र नम्वर २ को मात्र विकासको यहाँ चर्चा गरिदै छ ।
स्थानिय तहको निर्वाचन , प्रदेश र प्रतिनिधी सभाको निर्वाचन पछि जन अपेक्ष अनुरुप त्यस क्षेत्रमा बिकासले देखिने गरि गति लिन थालेको छ । विपक्षी राजनैतिक दलले अस्वीकार र आलोचना गर्ने कुरा आफ्नै ठाउँमा होला तर सत्तारुढ दल नेकपाले दावी मात्रै होईन छर्लङ्ग देखाउने विकास निर्माणहरु मध्ये बर्षऔं सम्म हिउँदे मात्रै बन्दै आएका क्षेत्र नम्वर २ का अधिकांस सडक बाह्रै महिना यातायात सञ्चालन हुने मात्र होईनन , डवले लेण्डमा स्तरनोती हुनु र कालोपत्रे गर्ने कार्य धमाधम भई रहनु छर्लङ्ग देखिने विकासको गति हो ।
अर्को ब्यवस्थित विद्युतीकरण , शैक्षिक क्षेत्रको सुधार र गाउँ गाउँमा स्वास्थ्यको पहुँच । मदन भण्डारी लोक मार्ग सहित ठुला सडक आयोजनाहरु । ‘एक घर एक धारा ’ कार्यक्रमलाई मुर्त रुप दिन वडा वडा र टोल टोलमा कोही सम्पन्न त कोही निर्माणको चरणमा रहेका खानेपानी योजनाहरु हुन् ।
अर्को हो बर्षऔं देखि विभिन्न मौसममा जोखिम मोलेर बस्न बाध्य गरिव विपन्न बर्ग समुदायका खरका झुपडी । जुन खरका झुपटी मुक्त बनाउन जनता आवास कार्यक्रमले चिटिक्क परेका टिनका छानको घर बनाई दिने कार्य पनि अन्तिम चरणमा पुगेको छ र त्यो पनि छर्लङ्ग देखिने र आफै बोल्ने विकास हो ।
कृषि, पशुपालनलाई आधुनिकीकरण र ब्यवसायीकरण गर्नमा स्थानिय सरकारका विभिन्न कार्यक्रम देखि केन्द्र सरकारको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको प्रभाव पनि छर्लङ्ग देखिन थालेको छ । स्थानिय सकार मध्ये यस क्षेत्रको मालिका गाउँपालिका सबै भन्दा बिकट थियो र हो । जहाँका जनताले उपचार त परै जाओस , रोगको पहिचान सम्म गर्न सकेका थिएनन् ।
गाउँ गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेर निकै पुरानो र डर लाग्दा रोगहरुको उपचार गरेर स्वास्थ्य क्षेत्रमा मालिका गाउँपालिकाले अब्बल कार्य गरेको छर्लङ्ग छ । त्यसो त ईस्मा गाउँपालिका , मदाने र धुर्कोट गाउँपालिका , मुसिकोट नगरपालिका र रेसुङ्गा नगरपालिकाले पनि जनतालाई पहिला स्वास्थ्यमा पहुँच कार्यक्रमलाई मुख्य प्राथामिकतामा राखेर सहज स्वास्थ्य सेवा पुराउँदै आएका छन ।
मानव संशाधन विकास , भौतिक पुर्वधार विकास र जनता प्रत्यक्ष लाभान्वित हुदै आएका कृषि , पशुपालन र विभिन्न सिपमुलक कार्यक्रमहरु प्रभाव श्रेय संघिय र प्रदेशका कुनै एक जना जनप्रनिधी वा स्थानिय तहको जनप्रतिनिधीहरुलाई मात्र दिनु अन्याय पनि हुन सक्छ ।
बर्तमान क्षेत्र नम्वर २ का दुई नगरपालिका मध्ये मुसिकोट नगरपालिका पुरै र रेसुङ्गा नगरपालिका केहि जनप्रतिनिधी , पाँच वटा गाउँपालिकाका जनप्रतिनिधी , प्रदेश सांसद खड्ग केसी , दिनेश पन्थी यस क्षेत्रका दुई जना प्रदेश सांसद हुन र यी सबैलाई विकासमा नेतृत्व गर्ने नेता हुन संघिय सांसदका जनप्रतिनिधी पुर्व मन्त्री गोकर्णराज बिष्ट ।
ती सबै र विकासमा साझा ढंगले जुट्नु पर्छ भन्ने भावना राख्ने यस क्षेत्रका सबै गाउँपालिका नेतृत्व गरिरहेका जनप्रनिधी त्यस्तै भावना राख्ने विपक्षी राजनैतिक दल कांग्रेस लगायतका सबै पक्षलाई श्रेय जाने गरी गुल्मी क्षेत्र नम्वर २ को विकासको गति सन्तोषजनक रुपमा अगाडी बढेको प्रशंग उठाउने जमर्को गरिएको हो ।
यी हुन मुख्य ठुला योजनाहरु
प्रतिनिधी सभाका सांसद तथा पुर्वमन्त्री बिष्ट सहितका जनप्रतिनिधीहरुले तम्घास सिमलटारी पुर्कोटदह प्युठान सडक खण्डलाई डबल लेण्डका्े बनाउँदै र कालोपत्रे गर्ने कार्य पनि अन्तिम चरणमा पुराएका छन । त्यस्तै छल्दी पनाह रातडाँडा ईन्द्रगौंडा सडक पनि डबल लेण्डको बनाउँदै र कालोपत्रे गर्ने कार्य पनि अन्तिम चरणमा पुगेको छ ।
त्यस्तै अर्घाखाँची र प्युठानलाई ईस्मा , पौदअमराई हुँदै मध्ये पाहडीलोक मार्ग मार्फत बाग्लुङ्ग र पोखरा जोड्ने सडक पनि त्यस क्षेत्रको महत्व पुर्ण सडक सञ्जाल हो , त्यस सडकको स्तरनोत्ती कालोपत्रे गर्ने कार्य पनि अगाडी बढाईको छ । त्यस सडक खण्डको बढिघाट खोलामा पक्कीपुल निर्माण भई सकेको छ भने यता निस्तेखोलामा पक्की पुर्ण निर्माणको चरणमा छ ।
सेउवा सिमाहघाट धुर्कोट पुर्कोटदह सडक पनि स्तरनोती गर्ने कार्य तिब्र रुपमा अगाडी बढाएका छन । उनको निर्वाचन क्षेत्रका सबै वडा सम्म पुग्ने सडक पनि ग्रावेलिङ्ग र कालोपत्रे गर्ने कार्य सुरु भई सकेको छ । मदन भण्डारी लोकमार्ग निर्माण, सालझण्डी ढोरपाटन कोरिडोर निर्माण कार्य पुरा हुन साथ हाल सम्मको दुर्गम क्षेत्र नम्वर २ सुगम हुने छ र त्यहाँका जनता स्वतः समृद्ध हुने देखिन्छ ।
राङ्गदालमा सहिद लखन थापा अन्तराष्ट्रिय स्तरका रंगशाला र सिमलटारीमा शवस्टेशन निर्माण गर्दै ६ अर्बको लागतमा गोरुसिंङ्ग देखि पौदीअमराई सम्मको ट्रान्समिटरलाईन जडान गरिदैछ । काठका पोल विस्थापित गरि स्टील पोल गाड्ने कार्य पनि तिब्रगतिमा अगाडी बढाईएको छ ।
क्षेत्र नम्वर २ का ४३ वटै वडामा अत्याधुकि भवन सहितको स्वास्थ्य चौकी र प्रत्येक पालिकामा १५ शैयाको अस्पताल निर्माण गरिदैछ । हाललाई ५५ करोड विनियोजित र सम्पन्न गर्ने बेला सम्म झण्डै ६५ करोड लागतमा जिल्ला अस्पतालमा अत्याधुनिक र सुविधा सम्पन्न भवन बन्दैछ ।
संघिय सरकारबाटै जिल्लाको पुरानो पाठशाला मानिने किरण पुस्ताकालयको अत्याधुनिक र सुविधा सम्पन्न भवन झण्डै ६ करोड लागतमा निर्माण कार्य भई रहेको छ । जसलाई डिजिटल लाईबेरीका रुपमा विकास गरिदैछ । स्थानिय सरकार संगको सहकार्यमा निर्वाचन क्षेत्रका सबै बस्तीहरु खरका छानामुक्त घोषणा गर्ने कार्य पनि अन्तिम चरणमा पुगेको छ ।
सबै भन्दा महत्वपुर्ण कार्य जिल्लाबाट संघिय सांसदमा प्रतिनिधीत्व गरेका दुई सांसद प्रदिपकुमार ज्ञवाली र र बिष्टले आगमी बर्ष सम्म गुल्मीलाई उज्यालो जिल्ला घोषणा गर्ने भएका छन । ६० अर्बको लागतमा उज्यालो जिल्ला घोषणा गर्ने कार्य तिब्र रुपमा अगाडी बढाईएको पुर्वमन्त्री बिष्टका स्वकिय सचिव रहेका नेकपाका जिल्ला नेता गणेश श्रीपालीले बताए ।
यो छिमेकी जिल्ला पाल्पाका लागि चुनौती हो । पाल्पामा बिद्युत बलेको झण्डै ६० बर्ष पछि गुल्मीमा बिद्युत बलेको थियो । तर पनि पाल्पा उज्यालो जिल्ला अहिले सम्म घोषणा हुन सकेको छैैन । यस अर्थमा पाल्पालाई ठुलो चुनौती हो । साना किशान सहकारी संस्था, अन्य सहकारी र विभिन्न महिला र कृषि समुह र बिशेष गरि हेफर ईन्टरनेशनल, बाख्रा बिकास परियोजनाले क्षेत्र नम्वर २ लाई बाख्रा र खसी बोका उत्पान गरि मासु र कृषि उपजमा आत्मानिर्भर बनाउँदै छ ।
जसबाट हरेक घर परिवार पनि आत्मानिर्भर र समृद्ध बन्ने देखिन्छ । हेफर ईन्टरनेशनल बाख्रा बिकास परियोजनालाई गुल्मी भित्राउने पहल पुर्वमन्त्री बिष्टले गरेको त्यस परियोजनाका निर्देशक डाक्टर तिर्थ रेग्मीले बताउँदै आएका छन ।
बाख्रा बिकास परियोजना संगै त्यस क्षेत्रका स्थानिय सरकार पनि कृषि र पशुपानलमा बिशेष जोड दिदै आएका छन । प्रदेश सरकार पनि कृषि र पशुपालनलाई जोड दिएको थियो तर कार्यकर्ता मुखी हुँदा अघिल्लो आर्थिक बर्षमा प्रदेश सरकारको भुमि ब्यवस्थापन कृषि सहकारी मन्त्रालयले गरेको लगानी कार्यकर्ता पोषण बन्न पुगेको छ ।
वास्तविक किशानलाई अनुदान दिनुको साटो आफ्नै पार्टी निकट जनप्रतिनिधी , नेता कार्यकर्ता र शिक्षकहरुलाई दिदा अनुगमनमा आउने टोलीलाई देखाउन गाउँका भैसी पैचो समेत खोजियो । नेकपाका एउटै स्थानिय नेताले बाख्रा पाल्ने नाममा चार लाख सम्म कुम्लाए । तर स्थानिय सरकार र केन्द्र सरकारबाट परेको कार्यक्रम खासै दुरुपयोग भएको पाईएको छैन ।
प्रधानमन्त्री रोजगार कार्यक्रमले गरिव बेरोजगारहरुलाई आंशिक राहत दिएको छ । स्थानिय सरकार सञ्चालनका लागि कर्मचारी र उसले अगाडी सारेका विकास योजना र सिप मुलक कार्यक्रमले रोजगारी सिर्जना गरि बेरोजगारीमा कमी ल्याउने काम पनि भई रहेको छ । गुणस्तरिय शिक्षा र प्राविधिक शिक्षालाई जोड दिईएको छ ।
यी हुन् सांसद विकास कोष मार्फतका योजनाहरु
गुल्मी क्षेत्र नम्वर २ का प्रतिनिधी सभा सदस्य तथा पुर्वमन्त्री गोकर्ण बिष्टले यस आर्थिक बर्षमा आफ्नो सांसद विकास कोषबाट विभिन्न २५ वटा योजनाहरु छनौट गरेका छन । जस मध्ये केहि ठुला खानेपानी योजनामा बढि रकम विनियोजन गरेका छन ।
६ करोड मध्ये खानेपानी योजनामा मात्रै उनले ३ करोड ३५ लाख विनियोजन गरेका छन । उनले शैक्षिक क्षेत्रमा १ करोड ४ लाख रुपैयाँ विनियोजन गरेका छन । १ करोड ११ लाख रुपैयाँ सामुदायिक भवन निर्माणमा रकम पारेका छन । उनले ४५ लाख मात्र मोटरबाटो स्तरनोतीका लागि छुृट्टाएका छन ।
बिष्टले गत बर्ष पनि खानेपानी योजनालाई प्राथामिकतामा पारेका थिए । उनले निर्वाचन ताका बोलेका‘एक घर एक धारा’ नारालाई पुरा गर्न खानेपानी योजनामा जोड दिएको बताए । यस आर्थिक बर्षको सांसद विकास कोषबाट उनले मदाने गाउँपालिका वडा नम्वर ३ सिर्सेनी एकिकृत खानेपानी योजनाका लागि ५० लाख रुपैया पारेका छन । सोही गाउँपलिका १ अग्लुङ्गमा पुर्वमन्त्री बिष्टले अग्लुङ्ग खानेपानी योजनाका लागि २० लाख रुपैयाँ छुट्टाएका छन ।
त्यस गाउँपालिका वडा नम्वर ५ मलागिरीमा डाँडेमेला खानेपानी योजनाका लागि १५ लाख रकम पारेका छन । मदाने ६ कै भनभनेमा दिपक माध्यामिक विद्यालयको खेल मैदान तथा घेराबार निर्माणका लागि बिष्टले १५ लाख रुपैयाँ पारेका छन ।
रेसुङ्गा नगरपालिका ४ मा सेउवा जोगीथुम खानेपानीका लागि ७० लाख रुपैयाँ विनियोजन गरिएको छ । रेसुङ्ग नगरपालिका ५ मा रहेको जनसहयोग माविको भवन निर्माणका लागि १८ लाख ६० हजार रकम परेको छ । सोही नगरपालिका वडा नम्वर २ धागीथुम भगवती मन्दिर जाने मोटरबाटो निर्माणका लागि १० लाख रुपैया विनियोजन गरिएको छ ।
धुर्कोट गाउँपालिका वडा नम्वर १ , २ , ३ र वडा नम्वर ६ सम्मको धुर्कोट खानेपानी योजनाका लागि ७० लाख रुपैयाँ छुट्टाएका छन । धुर्कोट ७ को वाग्लामा अजमिर कोट निर्माणका लागि ११ लाख रुपैयाँ परेको छ । धुर्कोट ४ जैसीथोकमा मनमोहन स्मृति बृद्धा आश्रम भवन निर्माणका लागि १० लाख रुपैयाँ पारिएको छ ।
धुर्कोट ३ हाडहाडेमा जिवन निर्माण प्राविको खेल मैदान तथा घेराबारका लागि १० लाख रुपैयाँ परेको छ । ईस्मा गाउँपालिका वडा नम्वर २ , ३ र ७ सम्मको ईस्मा खानेपानी योजनाका लागि ६० लाख रुपैयाँ पारिएको छ । ईस्मा १ हर्पुकोटमा रहेको हिमालय मावि देखि लाकुरधाराको मोटरबाटाको लागि १० लाख रुपैयाँ पारिएको छ ।
ईस्मा ६ को अमरपुर टुनिपाटामा रहेको सरस्वती प्राविकोा खेल मैदान र तारबारका लागि १० लाख रुपैयाँ पारिएको छ । ईस्मा ४ को दोहलीमा माझीभिर हुला निस्ती मोटरबाटो निर्माणका लागि १५ लाख रुपैयाँ परेको छ । मुसिकोट नगरपालिका वडा नम्वर ५ तल्लाफाँट सामुदायिक भवन निर्माणका लागि ५० लाख रुपैयाँ परेको छ ।
सोही नगरपालिका वडा नम्वर ३ बडागाउँ चौरको जनजागृति माविलाई भवन निर्माणका लागि १५ लाख रुपैयाँ पारिएको छ । मुसिकोट नगरपालिका ९ अर्लाङ्गकोटमा रहेको ददल्का माविको भवन निर्माणका लागि १५ लाख रुपैयाँ परेको छ । सोही नगरपालिका वडा नम्वर २ मुसिकोट देउरालीमा रहेको नेरा त्रिभुवन माविको भवन निर्माणका लागि १० लाख रुपैयाँ परेको छ ।
सोही नगरपालिका वडा नम्वर १ को नेटामा रहेको परिश्रमिक कृषि सहकारी संस्थाको भवन निर्माणका लागि १० लाख रुपैयाँ परेको छ । मालिका गाउँपालिका वडा नम्वर १ र ४ को मालिका खानेपानी योजनाका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । सोही गाउँपालिका वडा नम्वर २ दर्लिङ्ग माविको ट्रस्ट निर्माणका लागि १० लाख रुपैयाँ पारिएको छ ।
मालिका ८ ,मरभुङ्गमा सभाहल निर्माणका लागि२० लाख रुपैयाँ पारिएको छ । मालिका ५ छापाहिलेमा सैरेपोखरा हिले बोम मोटर बाटाको स्तरनोतीका लागि १० लाख रुपैयाँ पारिएको छ । मालिका ८ को सिमलटारीमा रहेको पोष्टहार्भेष्ट सेन्टरको भवन निर्माणका लागि १० लाख रुपैयाँ पारिएको छ । पछिल्ला यी योजनाहरु पनि प्रभावकारी ढंगले सम्पन्न हुन सके नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) ले निवार्चनमा पाँच बर्ष भित्र पुरा गर्ने गरि जनतासंग गरेका प्रतिबद्धताहरु चार बर्ष भित्र मै पुरा भई थप बढि कार्य गरेर देखाउने देखिन्छ ।