दामोदर पाैडेल,विहुँकाेट,बागलुङ २०७६ पुस ४ । काठेखाेला गाउँपालिका वडा नं ५ स्थित अमर माध्यमिक विद्यालयले विद्यालयकाे बार्षिक कार्यपात्राे अनुसार आज शुक्रवारिय अतिरिक्त क्रियाकलाप अन्तरगत विविध कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयमा कृयाशील बाल कल्व, गृन कल्व र यु.रे.स. काे सकृयतामा माध्यमिक तह (९-१२) अन्तरगत वादविवाद प्रतियोगिता, आधारभूत तह(६-८) अन्तरगत स्किपिङ प्रतियोगिता, अाधारभूत (४-५) अन्तरगत ताताे अालु प्रतियोगिता र आधारभूत तह (१-३) अन्तरगत चम्चा दाैड प्रतियोगिता सम्पन्न गरेको छ ।
वादविवाद प्रतियोगितामा सहभागी १४ जना विद्यार्थीहरूमध्ये सालिम वि.क.(कक्षा १२) प्रथम, पुजा कँडेल दित्तीय, प्रकाश सुवेदी तृतिय र सविना विकले सान्त्वना स्थान हासिल गरेका छन । त्यसैगरी स्किपिङ प्रतियोगितामा सहभागी ३९ सहभागी मध्ये दिपिका विक प्रथम, सन्ध्या गैरे दित्तीय, सुजाता सुनार तृतीय र ज्याेति बिकले सान्त्वना स्थान हासिल गरेका छन ।
त्यसैगरी ताताे आलु प्रतियोगितामा सहभागी २२ जना प्रतियोगि मध्ये शिव केसी प्रथम, पूजा सुनार दित्तीय र जुना भण्डारीले तृतीय स्थान हासिल गरेका छन । त्यस्तै चम्चा दाैड प्रतियोगितामा सहभागी ३० प्रतियाेगी मध्ये सन्ध्या परियार प्रथम, मनिषा विक दित्तीय र करूणा वि्कले तृतीय स्थान हासिल गरेका छन ।
अमर गृन कल्वका अध्यक्ष राधा कुमारी विक काे सभापतित्व, विद्यालयका सहायक प्रधानाध्यापक रघुपती शर्माकाे प्रमुख आतिथ्यता र कक्षा ९ वि का छात्रा सिर्जना सापकोटाकाे सञ्चालन सम्पन्न भएको थियोे ।
आजै विद्यालयले अमर बाल अावाज मासिक प्रत्रिकाकाे पाैष अंक पनि प्रकाशित गरिएकोछ ।