सँगसँगै यात्रा काटौला आउ प्रिय।
प्रेमको डोरी बाटौला आउ प्रिय।।
जीवनमा सुखदुःख जे जे आउलान्
एक आपसमा साटौला आउ प्रिय।।
कति बस्नु टाढा टाढा मन जलाएर,
न्यानो अंगालोले ढाकौला आउ प्रिय।।
आखिर चोखो माया तिम्रो अनि मेरो
ढुक्कले मन मुटु गासौला आउ प्रिय।।
कति बस्नु सामाज देखि डराएर सधै,
बरु दुईचार दिन ढाटौला आउ प्रिय।।
सँगसँगै यात्रा काटौला आउ प्रिय।
न्यानो अंगालोले ढाकौला आउ प्रिय।।
***
राम प्रसाद शर्मा
पुस ५,२०७६ शनिवार
बागलुङ