सुरेश छन्त्याल, गल्कोट २०७६ पुस ५ । गल्कोट नगरपालिका १० पाण्डबखानी देखि रमुवा सम्म नयाँ ट्राकमा मोटरबाटो निर्माण गरिदै छ । गल्कोट नगरपालिकाको नगर गौरबको योजना मध्य दुर्गमलाई सुगम संग जोड्ने प्रयास अन्तरगत वडा न १० पाण्डबखानी रमुवा मोटर बाटो स्तरोन्नतीको काम शुरु भएको छ। उक्त बाटो उपभोक्ता समिती मार्फत निर्माण भएको छ ।
समितिका अनुसार नया ट्राक निर्माणका लागि रु। ६० लाख बजेट परेको छ। ग्रेत मिलाउनु पर्ने भएर नया ट्राक बनाएको यसमा प्राबिधिक स्टिमेट अमुसार काम हुने समितिका अध्यक्ष उदिम घर्तिले जानकारी दिए। स्तरोन्नतीको काम पाण्डबखानी हुल्से भन्ने स्थानबाट सुरु भएको छ।