पूर्णभद्र निउरे, ताराखोला २०७६ पुस ५ । ताराखोला बचत तथा ऋण सहकारी सस्था ताराखोला ४ को दशौ बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
साधारण सभाको उदघाटन पछि बोल्दै ताराखोला गाउपलिका वडा न ४ का वडा अध्यक्ष जित बहादुर खत्रीले ग्रामीण क्षेत्रका जनताको आय स्तर वृद्धि गर्ने महत्त्वपूर्ण माध्यम सहकारी भएकोले सहकारीमा आबद्ध सदस्यहरुले अधिकतम बचत गर्दै सहकारीबाट प्राप्त हुने ऋणलाई उत्पादन मुलक क्षेत्रमा लागानी गर्न अनुरोध गरे ।
साधारणसभाले सस्थाका सचिब कप बहादुर घर्तीले प्रस्तुत गरेको आ ब २०७५/७६ को प्रगति प्रतिबेदन , कोषाध्यक्ष रामलाल सुवेदीले प्रस्तुत गरेको ५ करोड ८४ लाख १९ हजार ७ सय ५० बराबरको आय ब्यय प्रतिबेदन लेखा समिति संयोजक लोक बहादुर क्षेत्रीले प्रस्तुत गरेको लेखापरीक्षण प्रतिबेदनलाई सर्बसम्मत रुपमा पारित गरेको छ ।
कार्यक्रममा सस्थाका सस्थापक उपाध्यक्ष प्रकाश चालिसे ,प्रबन्धक रणबहादुर पाण्डे शेयर सदस्य लिला बहादुर जि टि, मिना कुमारी रोका लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
२०६६ साल फागुन महिना देखि कारोबार सुरु गरेको सहकारीले आ ब २०७५/७६ मा आइपुग्दा ५ करोड ८४ लाख १९ हजार ७ सय ५० बराबरको कारोबार गरेको छ । हाल सस्था मा ५२२ जना शेयर सदस्य र कुल शेयर पुजी २२ लाख ३१ हजार रहेको सहकारीले जनाएको छ ।
साधारणसभाको अबसरमा असल ऋणि टिकामाया घर्ती, तम बहादुर बुढाथोकी मासिक बचत कर्ता दलराम घर्ती र हुमा कुमारी कडेल बृद्ध शेयर सदस्य लाई सम्मान गरिएको थियो ।
साधारणसभा सस्थाका अध्यक्ष भक्त बहादुर पाण्डेको अध्यक्षता , सचिब कप बहादुर घर्ती र सहसचिव धन बहादुर खत्रीको स्वागतमा सम्पन्न भएको थियोे ।