Sorry, that menu does not exist.
 

लघुविमा सम्वन्धी देशब्यापी अभिमुखीकरण कार्यक्रम कुस्मामा सम्पन्न !

निर्मल पौडेल पर्वत २०७६ पुस ५ । लघुविमा सम्बन्धि देशब्यापी अभिमुखीकरण कार्यक्रम पर्वत सदरमुकाम कुस्मामा सम्पन्न भएको छ । नेपाल विमक संघको आयोजना तथा UK AID SAKCHYAM( access to finance को आर्थिक सहयोग तथा अजोड इन्स्योरेन्स लिमिटेडको ब्यबस्थापनमा कार्यक्रम होटल माउन्टेन भ्यूमा सम्पन्न भएको हो ।

स्थानीय स्तरमा लघुविमाको पहुँच वृद्धि तथा लघुविमा सम्बन्धि जनचेतना अभिवृद्धि गर्ने हेतुले अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा लघुविमा सम्बन्धि विषयमा श्रब्य दृश्य सामाग्री प्रस्तुत गरिएको थियो । लघुविमाको सम्बन्धमा नेपाल विमक संघका कार्यकारी निर्देशक द्रोण आचार्य तथा अजोड इन्स्योरेन्स लिमिटेडका नायब प्रबन्धक प्रेम पाण्डेले विषयबस्तु माथि प्रकाश पारेका थिए ।

कार्यक्रममा कुस्मा नगरपालिका वडा नम्वर ७का वडा अध्यक्ष सुभास चन्द्र पौडेल , सहकारीको तर्फबाट मिनराज केसी अविरल तथा तुक्ला शाक्य र लघुवित्तको तर्फबाट महादेव गौतमले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा कुश्मा नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष तथा अजोड इन्स्योरेन्स पर्वतका बिक्रम ढुङ्गाना, कृष्ण पौडेल तथा नेपाल विमक संघका कृष्ण न्यौपाने लगायत अन्य व्याक्तित्वहरुको सहभागिता रहेको थियो ।

नेपाल विमक संघका कार्यकारी निर्देशक द्रोण आचार्यको अध्यक्षतामा संचालित सो कार्यक्रम अजोड इन्स्योरेन्स लिमिटेडका क्षेत्रिय शाखा प्रमुख गोपाल पौडेलको स्वागत मन्तव्य तथा अजोड इन्स्योरेन्स लिमिटेड पर्वतका शाखा प्रमुख हरि सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !