कमल पौडेल, बडीगाड २०७६ पुस ८ । त्रिभुवन नमुना माध्यमिक विद्यालय बडिगाड गाउँपालका २, खर्वाङको ६० औं वार्षिकोत्सव तथा अभिभावक दिवस सुरु भएको छ । ४ दिन सम्म चल्ने कार्यक्रमको पहिलो दिन सोमबार विविध प्रतियोगितात्मक कार्यक्रमहरु सम्पन्न भएका छन् । सम्पन्न प्रतियोगितात्मक कार्यक्रम मध्य नेपाली माध्यमको हाजिरी जवाफ प्रतियोगीतामा गंगा सदन प्रथम, धर्म सदन व्दितिय, दशरथ सदन तृतिय, अंग्रेजी माध्यम तर्फ दशरथ सदन प्रथम, धर्म सदन व्दितिय, शुक्र सदन तृतिय, मावि स्तरीय वक्तृत्वकला प्रतियोगीतामा नेपाली माध्यम तर्फ गंगा सदनवाट किनार विक प्रथम, दशरथ सदनवाट सोनिया भुसाल व्दितिय र धर्म सदनवाट सुष्मा पौडेल तृतिय भएका छन् । अंग्रेजी माध्यम तर्फ गंगा सदनवाट तेजश्वी भण्डारी प्रथम, दशरथ सदनवाट प्रशुदा जिसि व्दितिय र धर्म सदनका समिर पौडेल तृतिय भएका छन् ।
त्यस्तै अन्तरसदनात्मक मावि जुनियर र सिनियरका सटफुट प्रतियोगीता पनि सम्पन्न भएको छ । मावि जुनियर तथा सिनियरको छात्रा तथा छात्रको पहिलो चरणको भलिवल प्रतियोगीता पनि सम्पन्न भएको छ ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु भुसालको अध्यक्षता, शिक्षकहरु कमल पौडेल, हेमन्त घिमिरे, केहरसिंह राना, अनित पुनको संचालनमा सम्पन्न भएको थिया ।
विविध प्रतियोगितात्मक कार्यक्रम सहित सुरु भएको वार्षिकोत्सवको ८ गते अर्थात आज विहान ९ः३० वाट भलिवल प्रतियोगिता सुरु हुने, विविध साँस्कृतिक कार्यक्रम सहित वादविवाद, हाजिरिजवाफ, लंगजम्प, हाईजम्प लगाएतका कार्यक्रम हुने आयोजकले जनाएको छ । कार्यक्रमको १० गते प्रदेश सांसद चन्द्र बहादुर वुढा सागर, गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजा लगाएतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
***
यसैवीच खड्कदेवी माविको ५९ औं वार्षिकोत्सव सुरु भएको छ । पहिलो दिन ५ सय मिटर छात्रा दौडमा दशरथ सदनका जुनु पुन प्रथम, शुक्र सदनका तिर्सना थापा व्दितिय र गंगा सदनका असिम रामजाली तृतिय भएका छन्। त्यस्तै म्याराथुन दौडमा गंगाबहादुर कुवर प्रथम, योगेन्द्र घर्ति व्दितिय, र कपिल बन तृतिय, मावि हाजिरिजवाफ प्रतियोगीतामा गंगा सदन प्रथम, शुक्र सदन व्दितिय र धर्म सदन तृतिय, रिले दौड प्रतियोगीतामा छात्र तर्फ गंगा सदन प्रथम, दशरथ सदन व्दितिय, र शुक्र सदन तृतिय भएका छन् ।
प्राविको मिठाइ दौड, हिसाव दौड, रिले दौड लगाएत कार्यक्रम सम्पन्न भएको शिक्षक कमल खरेलले जानकारी दिए । कार्यक्रमको संचालन शिक्षक हरि चालिसेले गरेका थिए । ३ दिन सम्म चल्ने कार्यक्रमको दोश्रो दिन भलिवल, वादविवाद, कविता वाचन लगाएत विविध कार्यक्रम रहेको आयोजकले जनाएको छ । कार्यक्रमको ९ गते प्रदेश साँसद चन्द्र बहादुर वुढा सागरले उद्घाटन गर्ने विद्यालयले जनाएको छ ।