Sorry, that menu does not exist.
 

चेतनाको स्पर्श विषय प्रशिक्षण : सबै कार्य गर्ने भनेको नै मानवको मन हो – ब्रह्माकुमारी यमुना

दमौली, २०७६ पुस ८ । समाजमा रहेका नागरिकहरुमा मानविय मुल्यहरुको विकास गराउने उद्देयले ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र दमौली शाखाको आयोजनमा चेतनाको स्पर्श विषयक प्रशिक्षण क्लास केशवटार मा.वि. व्यास न.पा. १४ मा विद्यार्थी र अभिवाकलाई छुट्टा छुटै सम्पन्न भयो ।

सो प्रशिक्षण क्लासमा मानव जीवनको महत्व, समयको व्यवस्थापन, सत्कर्म, योग, सन्तुलन आदि विषयहरुमा ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र दमौलीकी संचालिका ब्रह्माकुमारी यमुना, फलेवास पर्वत शाखाकी संचालिका ब्रह्माकुमारी जानकी, सुशील श्रेष्ठ, राजकुमार श्रेष्ठले प्रशिक्षण दिदै जीवनमा अगाडि बढनको लागि स्वयंमा सकारात्मक सोच र कर्म प्रति लगन, परिश्रमको आवश्यकता पर्दछ । सबै कार्य गर्ने भनेको नै मानवको मन हो । वर्तमानमा मानवको मन असुन्तुलन भएको छ । मानवको मनलाई सशक्त गर्नको लागि आध्यात्मिक ज्ञान र योगको शिक्षालाई दैनिक जीवनमा अपनाउनु पर्ने बताए ।

सो प्रशिक्षणमा कक्षा ९,१० र ११ का करीब ९५ जना विद्यार्थी र ४५ जना अभिवाकको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !