शब्द/चित्र : कुसुम थिङ
बागलुङ २०७६ पुस ८ । मध्यपहाडी लोकमार्गले निसीखोला गाउँपालिका छिचोलेर पातीहाल्ने हुँदै रुकुम पूर्व जोडिएपछी आन्तरिक पर्यटकहरुको गन्तव्य बनेको निसीखोलामा थुप्रै प्राकृतिक सौन्दर्यले भरीपूर्ण रमणीय स्थलहरुमा पर्यटकहरुको नजर परेको छ ।
साबिक राजकुत, देवीस्थान, बोहोरागाउँ र निसी गाउँ बिकास समितिहरु समाहित भएर बनेको निसीखोला गाउँपालिका छिचोल्दै निसीकै पातिहाल्ने हुँदै रुकुम पूर्वको भूमे गाउपालिका भएर रुकुम पूर्व प्रवेश गर्नेहरुको संख्या निकै नै छ ।
निसीखोला गाउँपालिका -६ को सिप एक रमणीय गाउँ मध्यमा पर्छ । यहाँको खुला जमीन, खुला वातावरण, मनै हर्ने प्राकृत दृश्यले सिप सबैका नजरमा परेको हो । सिप जस्तै सुन्दर भूभाग निसीखोलामा प्रशस्तै छन् जस्को अवलोकन मध्यपहाडी लोकमार्ग ओहोर दोहोर गर्ने सवारी साधनहरुबाटै गर्न सकिन्छ ।
हालै मात्र सिप स्थित भागिमानको साहिँली माहिली होटेलबाट ५ केजी चरेस प्रहरीले बरामद गरेको घटना पछी सिप थप चर्चामा छ।