Sorry, that menu does not exist.
 

पश्चिम बागलुङमा क्रियाशील कर्मभूमि फाउण्डेशनको प्रथम साधारणसभा पुस चौँथो साता !

कुसुम थिङ, बुर्तिवाङ २०७६ पुस ८ । बागलुङ जिल्लाको पश्चिम क्षेत्रलाई विशेष कर्मभूमि बनाएर छोटो समयमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा प्रशंसनीय सेवा प्रवाह गर्दै आएको कर्मभूमि फाउण्डेशन बुर्तिवाङले यहि पुस महिनाको चौंथो सातामा प्रथम साधारण सभाको आयोजना गर्न गैरहेको छ ।

गत २०७५ साल माघ महिनाको १३ गते स्थापना भएको कर्मभूमि फाउण्डेशन बुर्तिवाङको कार्य क्षेत्र जिल्लाभर भएपनि खासगरी ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला तथा बडीगाड गाउँपालिकाहरुका डेढ दर्जन विद्यालयहरुमा अध्ययन गर्ने जेहेन्दार, दलित, जनजाति, खेलकुदप्रति चाख राख्ने तथा अनुशासित, बिद्यालयमा नियमित उपस्थित रहने, सरसफाई प्रति सजग रहने बिद्यार्थीहरुलाई विद्यालय पोशाक तथा शैक्षिक सामाग्रीहरु वितरण गरेको यसका संस्थापक अध्यक्ष कमल भुसालले ईबागलुङलाई बताए ।

फाउण्डेशनले स्वास्थ्य कार्यालय बागलुङसंग समन्वयगरी ढोरपाटन नगरपालिका ३ घोसाखानीमा स्त्रीरोग सम्वन्धि प्रशिक्षण आयोजना गर्नुका साथै आईएनएफ हरियोखर्क अस्पतालको समन्वयभा बुर्तिवाङमा नाक, कान र घाँटीको नि:शुल्क शिविर सन्चालन गरेको छ ।

यो लिंकपनि पढौँ ।
युवाहरुका प्रेरणाश्रोत : मलेशिया हुँदै कर्मभूमि फाउण्डेशन सम्म ‘कमल भुषाल !’

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !