छविलाल पाण्डे बुर्तिवाङ २०७६ पुस ११ । निसीखोला गाउँपालिका २ अर्नाकोटमा निर्माण गरिने भनिएको अर्नाकोट एयरपोर्टको शुक्रबार देखि वातावारणीय अवस्थाको बिषयमा अध्ययन सुरु भएको छ । २०७४ सालमा पहिलो चरणमा गरीएको भौगोलिक सर्वे डिजाईन सफल भइसकेको अवस्थामा नागरीक उद्यन प्राधिकरण मार्फत र्याफ कन्सलटेन्सद्धारा दोश्रो चरणको अध्ययन सुरु भएको र्याफ कन्सलटेन्सका वातावरण विद अञ्जन सुडारीले बताए ।
पहिलो चरणको सर्वे डिजाईन सफल भएसँगै नागरीक उड्डयन प्राधिकरण मार्फत गत पुस २ गते गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित सुचनाको आधारमा वातावरण मुल्याँकन प्रतिवदेन तयार पार्नका निम्ती १५ दिनभित्र स्थानीयको राय सहितको धारणा लिनुपर्ने र वातावरणीय मुल्याँकन अध्ययन गर्नुपर्ने भएका कारण आफुहरु थप अध्ययनका निम्ती फिल्डमा आएको सुडारीले बताए ।
अध्ययनका क्रममा हवाई मार्ग बन्ने स्थल निसीखोला गाउँपालिका, वडा कार्यालय, विद्यालय र स्वास्थ्य चौकिमा उक्त सुचना टाँस गरीएको र आजदेखि आइतबार सम्म स्थानीय बासिसँग धारणा लिईने, वन, वातावरण तथा धावनमार्ग बन्ने स्थल आसपासका घर सँरचनामा पर्ने प्रभाबका बिषयमा क्षेत्र निर्धारण गरीने र उक्त प्रकृया सम्पन्न भएपछि वन वातावरण मन्त्रालयमा आफुहरुले तयार पारेको प्रतिवदेन पेश गरीने बताइएको छ ।
उक्त प्रकृया पुरा भएको खण्डमा धावनमार्ग निर्माण कार्य अगाडी बढ्ने सुडारीले बताए । आफुहरुले फिल्ड अध्यनमा वातावणीय मुल्याँकनको सबै प्रकृया पुरा गर्नका निम्ती करिब १ बर्ष समय लाग्ने र प्रकृया पुरा भएको अवस्थामा धावनमार्गले गति लिने बताए ।
यो पटक स्थानीय सँगको धारणा, वातावारणीय मुल्याँकन प्रभाब लगाएतका बिषयमा अध्ययन गरीने भएपनी पुन एकपटक अध्ययन गरेर मात्र प्रकया टुँगोमा पुग्ने बताइएको छ ।
यसै बिषयमा हामीले नागरीक उद्धयन्न प्राधिकिरण अन्र्तगत र्याफ कन्सलटेन्ट वातावराणविद अन्जन सुडारी सँग केहि कुराकानी गरेका छौँ अध्ययनको क्रममा नागरीक उद्धयन्न प्राधिकिरण अन्र्तगत र्याफ कन्सलटेन्ट वातावराणविद अन्जन सुडारी, र वातावरण अधिकृत विप्लब राउतको सहभागिता रहेको छ । आजको कार्यक्रममा प्राविधिक सहित निसीखोला गाउँपालिका वडा नं.२ का अध्यक्ष कुविर विश्वकर्मा, स्थानीय बासि, समाजसेवी लगाएतको उपश्थित रहेको थियो ।
एयरपोर्ट निर्माणका निम्ती नेपाली काँग्रेसका नेता दोर्ण कुवँरले पहल रहँदै आइरहेक छ भने यसक्षेत्रका नागरीकको समेत एयरपोर्ट बन्नेमा आशा पलाउँदै गएको छ ।