सरिता खत्री, जापान २०७६ पुस १२ । निलुवा समाज जापानको पाँचौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन जापान टोकियोको सोगा मेहेमान रेस्टुरेन्टमा सम्पन्न भएको छ । साधारण सभामा समाजका सदस्य दीपक सुबेदीले शुभकामना मन्तब्य राख्नु भएको थियो । सभामा समाजका सचिव थमबहादुर क्षेत्रीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष कृष्ण प्रसाद सुबेदिले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयको थियो । अधिवेशनले थम बहादुर क्षेत्रीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा चेतराम सुबेदी,हरी प्रसाद सूबेदी सचिवमा, जीआर सुवेदी, सह–सचिवमा भूमिराज सुवेदी, कोषाध्यक्षमा कृष्ण प्रसाद सुवेदी, सहकोषाध्यक्षमा इन्द्र प्रसाद सुवेदी, सदस्यहरुमा रामु सुवेदी, आनन्द सुवेदी, बिष्णु प्रसाद सुवेदी, भूमिराज सुवेदी (बिष्णु), बिपिन सुवेदी, सुभिक्षा गौतम, शिबलाल सुबेदी र दिनेश सुवेदी रहेका छन् ।
त्यस्तै अधिवेशनले मोहन राज सुवेदी, बिष्णु प्रसाद सुवेदी, दिलीप बाबु सुवेदी, तुलसीराम सुवेदी, बिष्णु प्रसाद सुवेदी (बि), फबिसोर सुवेदी, मीना शर्मा पौडेल रहेको ७ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।
बागलुङ जिल्ला गल्कोटको सुन्दर ठाँउ निलुवा हाम्रो सान पर्यटकीय पुर्बाधार निर्माणमा हामी सबैको साझा अभियान भन्ने मुल नाराका साथ सन् २०१५ मा स्थापना गरिएको समाजले गल्कोटको निलुवामा पर्यटन विकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नुका साथै जापानमा भई परि आउने विभिन्न समस्याहरूको समाधान गर्नको लागि हातेमालो गर्दै समाजिक कार्यमा अग्रसर हुदै आईरहेको समाजका संरक्षक एवम् संस्थापक अध्यक्ष भोजेन्द्र सुवेदीले जानकारी दिए।
कार्यक्रममा समाजका संरक्षक एवम् संस्थापक अध्यक्ष भोजेन्द्र सुवेदी, सल्लाहकार बिष्णुप्रसाद सुबेदि (ए) र बिष्णु प्रसाद सुबेदि (वि) लगायतलाई सम्मान गरेको थियो ।
कार्यक्रम निलुवा समाज जापानका अध्यक्ष भोजेन्द्र सुवेदीको अध्यक्षता सह सचिव गंगाराम सुवेदी र सदस्य विष्णुप्रसाद सुवेदीको स्वागत र सचिव थम बहादुर क्षेत्री सञ्चालनमा सम्पन्न भएको थियो ।