Sorry, that menu does not exist.
 

बागलुङ महोत्सवमा जे देखियो : जनचेतना अभियानको नाममा धर्म प्रचार कि ? पब्जी ?

बागलुङ २०७६ पुस १३ । बागलुङ महोत्सवको दोस्रो दिन एक दृश्य देखियो । दुई जनाको समूहले प्लाष्टिकले बेरेर महोत्सव हेर्न आएका दर्शकलाई कापी बाँडिरहेको । भित्र केहो भन्ने भेउ नपाएका दर्शकलाई उनीहरु झुक्याएर जनचेतना सम्बन्धि पोष्टर भन्दै बाँडिरहेका थिए ।

महोत्सवको मुल गेटमा यसरी बाँडिरहेका दुई युवाको अगाडी थिए सुरक्षाका लागि प्रहरी । ‘ट्राफिक नियमको पालना गरौँ । आफू पनि बचौँ र अरुलाई पनि बचाऔं भनेर लेखिएको पर्चामै थियो हजुरलाई हजुरको फोटो चहिएमा ‘ग्रुरुप अफ पब्जी’ मा गएर लिन सक्नु हुन्छ ।’ ‘क्रिसमस अफरमा जसलाई अफर पर्छ त्यसलाई अफर घोषणा गरिनेछ ।’ भन्ने थियो ।

नेपालको संविधान २०७४ को १५८ ‘ख’मा कसैले कुनै जात, जाति वा सम्प्रदायमा सनातनदेखि चली आएको धर्म, मत वा आस्थामा खलल पार्ने कुनै काम वा व्यवहार गर्न वा खलल हुने गरी कुनै प्रलोभन देखाई वा नदेखाई अन्य कुनै धर्ममा परिवर्तन गराउन वा धर्म परिवर्तन गराउने नियतले त्यस्तो धर्म वा मत प्रचार गर्न हुँदैन भन्ने छ । यदी पब्जी गेमकै प्रचार हो भने महोत्सव मूल आयोजक समितिसँग स्वीकृत लिएर स्टल नै खोलेर प्रचार गर्नुपर्ने सुझाव बागलुङबासीको छ ।

पब्जी खेलका कारण कतिपयको मानसिक सन्तुलन बिग्रिएकोदेखि आत्महत्या गरेका घटनाहरुसमेत आउने गरेका थिए । यस्तो क्रियाकलापलाई प्रहरी वा आयोजक उद्योग वाणिज्य संघले रोक्न आवश्यक देखिन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !