Sorry, that menu does not exist.
 

गुल्मी वामी टक्सारका नेवार समुदायको ‘गुठ पूजा’ सम्पन्न !

रामकृष्ण कंडेल, वामी टक्सार २०७६ पुस १३ । मुसिकोट नगरपालिका वडा नं ७ वामीटक्सार निवासी नेवार समुदायको ‘गुठु पूजा’ कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ। नेवा:बर्जु पुच कार्यकारी समिति, मुनपा ७ को आयोजनामा बिगत बर्ष जस्तै यस बर्ष पनि गुठु पूजा शनिबार सम्पन्न गरिएको हो।

वामी परूवा स्थित मुसिकोट नगरपालिकाको निर्माणाधीन सभाहलको जग्गामा पूजा सम्पन्न गरिएको थियो। परापूर्ब काल देखि नेवार समुदायमा मर्दा पर्दा गुठको रूपमा निश्चित रकम, धान, चामल आदि संकलन गरी सहयोग आदान प्रदान,एकता प्रदर्शन स्वरूप यो पुजा गर्न शुरू गरिएको हो। २०७३ साल देखि ब्यापार ब्यबसायका देवता भैरबको पुजा पाठ गरी सम्पूर्ण परिवारहरूले नेवारी परम्परा अनुसार समे, बजी, सगुनका साथ धुमधामले पुजा र भोज गर्ने चलन छ। प्रत्येक बर्षको पुसको दोस्रो शनिबार पुजा गर्ने मिति छनौट गरिएको छ ।

गुठ पुजा जेष्ठ नागरिक बाट गराऊने, यदि जेष्ठ नागरिक अनुपस्थित भएमा नेवास्वर्ज पुचस्का सदस्य कृस्ण प्रसाद बौध्दाचार्यबाट गराउने प्रचलन रहेको छ।

मोहनलाल श्रेष्ठ अध्यक्ष, येगेन्द्र कक्षपती सचिब र चिरन्जीबी शाक्य कोषाध्यक्ष रहेको यस संस्थाले वामीटक्सारको नेवार समुदायमा परम्परागत कला संस्कृतिको जगेर्ना गर्न निकै मिहिनेत गरेको पाईन्छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !