भरत सापकोटा, बिहुँ २०७६ पुस १३ । काठेखोला गाउँपालिका ५ बिहुँमा केहि व्यक्तिहरुले भीर मौरीको मह भन्दै प्रतिमाना रु २ सय ५०मा विक्री गरिरहेको अवस्था प्रहरी चौकी बिहुँ धम्जाले उनिहरुलाई मह बिक्री गर्नबाट रोकेको छ ।
गाउँ घरमा सामान्यतया एक मानाको महको मुल्य रु ८ सय देखी १ हजार सम्म पर्नेमा यो टोली मानाको रु २५०। मा विक्री गरेको थाहा पाएपछी प्रहरीले निजहरुलाई विक्री गरेको मह फिर्ता गर्न लगाएको स्थानीयले जानकारी दिए । केहि व्यक्तिहरुले भने सस्तोमा मह पाईयो भन्दै खरीद गरेका बताएका छन् ।
स्थानीय महिलाहरुले सस्तो भनेर किनी हालियो पछी असई साहेव आएर भने पछी मह फिर्ता गरी रकम लिएको बताएका छन् ।