रामकृष्ण कंडेल, वामीटक्सार पुस १४ । महेन्द्र आदर्श मावि वामी टक्सार गुल्मीमा कक्षा ११ मा अध्ययन गर्ने निरु रानाको उपचारको लागी वामी बिश्व सम्पर्क मन्चले रू २० हजार आर्थिक सहयोग गर्ने भएको छ। वामी बिश्व सम्पर्क मन्चले आइतबार महेन्द्र आदर्श मा बि वामीटक्सारमा आफ्नो बार्षिक कार्यक्रम, छात्रबृत्ति बितरणको अवसरमा मन्चका अध्यक्ष ज्ञानेश्वर काफ्लेले उक्त कुरा बताएका हुन् ।
गत मंसिर १६ गते तोरी पेल्ने क्रममा निरुको देव्रे हात मिलमा परेर भाँचिएको थियो। हाल निरुको ग्राण्डी हस्पिटल काठमाडौं उपचार भैरहेको छ ।