बागलुङ २०७६ पुस १५ । बागलुङ महोत्सव आज पुस १५ गते मंगलबार पाचौँ दिनमा प्रवेश गरेको छ । धौलागिरी बहुमुखी क्याम्पसको प्रांगणमा सन्चालन भैरहेको बागलुङ महोत्सव पुस २० गते समापन गरिने कार्यक्रम रहेको छ । महोत्सवको समयावधी आधा सकिएको छ ।
महोत्सव स्थलमा दर्शकहरुको चाप जति हुनुपर्ने हो त्यो नभएको चर्चा व्यापक छ । आयोजकव्दारा महोत्सव स्थलमा प्रवेश गर्न वितरण गरिएको प्रवेश पत्र (पास)लाई लिएर सामाजिक सन्जाल फेसबुकमा निकै बिरोध गरिएको छ । महोत्सव आयोजक संस्थाका जिम्मेवार व्यक्तिहरुको दर्शक/स्टलसन्चालिका/महोत्सवका कार्यक्रमबारे जानकारी लिन खोज्नेहरुप्रति प्रदर्शन गरिएको अशिष्टतालाई लिएर फेसबुक मार्फत तीब्र प्रतिकृया दिएका छन् । महोत्सव हुनु सकारात्मक भएपनि आयोजक पक्षको व्यवस्थापनमा देखिएको कमी कमजोरीहरुमा सुधार गर्नु पर्ने आवश्यकता रहेको सुझाव दिईएको छ ।
यो पनि पढौं
बागलुङ महोत्सवमा जे देखियो : जनचेतना अभियानको नाममा धर्म प्रचार कि ? पब्जी ?
महोत्सवमा दर्शकहरुको उपस्थिती न्यून : महिला व्यवसायीमाथी आयोजकव्दारा दुर्ब्यबहार ? (अडियो)