Sorry, that menu does not exist.
 

निसीखोला बस दुर्घटनामा घाईते ६ जना थप उपचारका लागी पाल्पा रिफर !

बुर्तिवाङ २०७६ पुस १८ । रुकुम पूर्वबाट बुर्तिवाङ तर्फ आउँदै गरेको ना ४ ख ९२२० नम्वरको बस बिहीबार साँझ निसीखोला गाउँपालिका ६ पातीहाल्ने नजिक भएको दुर्घटनामा घाईते हुनेहरुको पहिचान खुलेको छ ।

घाईतेहनेहरुमा रुकुम तक्सेरा गाउपालिका बस्ने बर्ष ६३ कि चामुलक बुढा, रूकुम हुकाम गाउपालिका बस्ने अनसरी पुन, बागलुङ निसीखोला गाउपालिका ६ बस्ने बर्ष ३३ को बिमल थापा मगर, बागलुङ निसीखोला गाउपालिका ६ बस्ने बर्ष २२ को ओमकार घर्ती मगर, बागलुङ निसीखोला गाउपालिका ६ बस्ने बर्ष ३१ को चालक खड्क बहादुर बुढा, रोल्पा थवाङ गाउपालिका ४ बस्ने बर्ष २४ को बिदेश घर्ती, रोल्पा थवाङ गाउपालिका ४ बस्ने बर्ष २१ को खिमराज घर्तीमगर, रौतहट चन्द्रपुर गाउपालिका ११ बस्ने बर्ष ३६ को जिम्दास साहनी, रौतहट माधवनारायण नगरपालिका ९ बस्ने बर्ष ४१ को अजय गुप्ता, रौतहट माधवनारायण नगरपालिका ९ बस्ने बर्ष २० को जितेस साहनी, बारा सिमरनगढ नगरपालिका ९ बस्ने बर्ष ३० को मुनक पटवार, रुकुम बस्ने बर्ष २४ कि कल्पना रोका, ऐ बस्ने निजकै २० महिनाकी छोरी आशिका रोका रहेका छन् ।

घाईते मध्यका ६ जनालाई थप उपचारका लागी पाल्पा प्रभास अस्पताल रिफर गरिएको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा मिलन मल्ल ठकुरीले ईबागलुङलाई बताए ।

डा मल्लले बस दुर्घटनामा सामान्य घाईते भएका अन्य ७ जना यात्रुहरु भने केन्द्र (अस्पताल) मा सामान्य उपचार पछी बाहिरै बसेको जानकारी दिए ।

उक्त बस यस अघीपनि हिउँमा चिप्लिएर यसैगरी दुर्घटना भएको स्थानीयले बताए ।

निसीखोलाको पातीहाल्नेमा बस दुर्घटना, १२ जना घाईते ६ को अवस्था गम्भीर !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !