बागलुङ २०७६ पुस १८ । हिँजो देखी मौसममा आएको परिवर्तनले बागलुङ जिल्लाको जनजीवन प्रभावित बनेको छ । बिहीबार दिउँसो देखी परेको सिमसिम बर्षा सँगै दिउसो २ बजे पछी ढोरपाटन लगायत उच्च भूभागमा भएको हिमपातले जनजीवन कठांग्रिएको स्थानीयले बताएका छन् । आजपनि विहानै देखी सिमसिम बर्षा भैरहेको छ ।
बिहीबार दिउसो देखी ढोरपाटनमा हिमपात सुरु भएपछी त्यहाँबाट स्थानीयहरु चिसोबाट बच्न बेसी गाउँमा झरेका छन् । ढोरपाटनमा यो यस सिजनको यो दोश्रो हिमपात हो । भारी हिमपातले ढोरपाटन हिउँले सेताम्य बनेको छ । सेतो च्यादरले छोपिए झैँ देखिन्छ ढोरपाटन, भन्छन स्थानीयवासी ।
वर्षातले अस्तव्यस्त बरेङ बजार / शेखर थापा, बरेङ ।
जिल्लाको पश्चिम भूभाग निसीखोला, तमान खोला, ढोरपाटन नगरपालिका लगायतका उच्च भागमा हिमपात भैरहेको छ भने जिल्लाको गल्कोट, तारा खोला, दक्षिण भेगका पालिकाहरुमा पनि वर्षाले जनजीवन प्रभावित बनेको सहकर्मीहरुले जानकारी दिएका छन् । अग्ला धुरीहरुमा हल्का हिमपात भैरहेको सहकर्मीहरुले जानकारी दिएका छन् ।
पर्यटकीय स्थल पन्चकोट र यसको आसपासमा पनि हिमपात सुरु भएको सहकर्मी कृष्ण सापकोटाले बताएका छन् ।