बागलुङ २०७६ पुस १८ । अविरल वर्षाका कारण बागलुङ महोत्सव प्रभावित बनेको छ । महोत्सवका सबै कार्यक्रमहरु आजलाई स्थगित गरिएको आयोजकले बताएका छन् । महोत्सव स्थल, धौलागिरी बहुमुखी क्याम्पसको प्रांगण, जलमग्न बनेकाले महोत्सव प्रभावित बनेको हो ।
दर्शकहरुमाझ बिगतमा सन्चालन गरिएका महोत्सवहरु भन्दा जारी बागलुङ महोत्सवप्रति व्यापक असन्तुष्टी र बिरोध देखिएको छ । व्यवस्थापकीय कमजोरीले महोत्सव, महोत्सवको रुपमा नभै साधारण मेलामा परिणत हुन पुगेको टीकाटिप्पणीहरु भैरहेका छन् । सामाजिक सन्जाल फेसबुकमा बागलुङ महोत्सवलाई लिएर असन्तुष्टीको वर्षा भएको छ ।
स्थानीयहरु बीच तीखो टिप्पणी भैरहेछ, महोत्सवको यो यो पक्ष राम्रो भन्ने अवस्था नै छैन जतापनि भाँडभैलो छ । महोत्सव स्थलमा प्रवेश गर्ने पासलाई लिएर व्यापक बिरोध जारी छ । गायक कलाकारहरुको छनोट पक्षपात र राजनीति करण भएको कलाकारहरुबीच चर्चा चुलिएको छ । हजारौ दक्षिणा दिएर आमन्त्रण गरिने कलाकारहरुमा जिल्लाका ख्यातिप्राप्त गायक कलाकारहरु थानेश्वर गौतम, बीबी अनुरागी,आशिष अबिरल आदिलाई नियत बस छुटाएको भन्दै सामाजिक सन्जालमा बिरोध जनाईएको छ । ईश्वी सम्वत सन २०२० को आगमनमा मध्यराति सम्म उत्पातपूर्वक मनाईएको कार्यक्रम पनि धेरैलाई पचेको छैन । महोत्सव स्थलमा झण्डै दुई दर्जन जाँडपानीका स्टल भएपछी त्यहाँको शान्तिसुरक्षामा केहि न केहि असर त देखिन्छ नै । न्यू ईयर ईवमा प्रहरीले डेढ दर्जन जति मापसे गर्नेहरुलाई नियन्त्रणमा लिएर ती मध्य ९ जनालाई सो राति प्रहरी कार्यालयमै राखेर भोलि बिहान छोडेको श्रोत भन्छ । नारामा जे भने पनि, जे लेखे पनि महोत्सव ख्याति प्राप्त राष्ट्रिय कलाकार (जस्तो भनिन्छ) कै महोत्सव बनेको छ । लाखौँ रकम दक्षिणा दिएर ल्याईएका कलाकारहरुकै सुदिनको रुपमा रहन गयो बागलुङ महोत्सव । ‘प्रदेश स्तरीय भन्नु मात्र हो, यो त स्थानीयस्तरको पनि छैन’ भन्दैछन आम नगरवासी ।
महोत्सव स्थलमा स्टल सन्चालन गर्दै आएका व्यापारी, उद्योगी, व्यवसायीहरु ग्राहकहरुका अभावले कठांग्रिएका छन् । महोत्सव अयोजक पक्षका आपत्तिजनक कृयाकलापबाट पीडित बनेका स्टल सन्चालकहरु प्रकृतिले पनि ठगेकोमा दिक्क छन् । महोत्सवमा व्यापार नहुनुको पीडा एकातिर छ भने अर्कोतिर स्टलहरुको महंगो भाडा कहाँबाट ल्याएर तिर्ने भन्ने चिन्तामा देखिन्छन स्टलवालाहरु ।
के भन्छन स्टलवालाहरु ? सुनौँ, उनिहरुसंग ईबागलुङले गरेको कुनाकानी ।
***
***
***
***
भिडियो : कुसुम थिङ, बागलुङ ।
तस्वीर : रामशरण पोखरेल, बागलुङ ।
यो पनि पढौं
महोत्सवमा दर्शकहरुको उपस्थिती न्यून : महिला व्यवसायीमाथी आयोजकव्दारा दुर्ब्यबहार ? (अडियो)
फेसबुकमा बागलुङ महोत्सव… !