Sorry, that menu does not exist.
 

नवागन्तुक प्रहरी प्रमुखलाई बुर्तिवाङवासीले यस्तो दिए सुझाव !

छबिलाल पाण्डे, बुर्तिबाङ २०७३ पुस २४ । ईलाका प्रहरी कार्यालय बुर्तिवाङको प्रमुखमा नवागन्तुक प्रहरी निरीक्षक कृष्ण रानामगरको बुर्तिवाङमा स्वागत गरिएको छ । उनी केहि दिन पहिले स्थानान्तरित भएका प्रहरी निरीक्षक शिवराज क्षेत्रीको ठाउँमा आजै आईपुगेका हुन् ।

आजै आयोजित अनौपचारिक परिचयात्मक कार्यक्रममा प्रनि रानामगरले प्रहरी जनताको सेवागर्ने निकाय भएको र जहिले पनि शान्ति सुरक्षा, सामाजिक सद्भावका लागी जनतासंग समन्वय गरी कार्यगर्ने विचार व्यक्त गरे ।

उनले आफु बुर्तिबाङमा रहँदा समाजमा शान्ति, सुरक्षा माथि खलल पुर्याउने र कानुन बिपरीतका कार्य गर्ने जो कसैलाई पनी कार्वाही गरेरै छाड्ने बताँउदै प्रहरीले गनुपर्ने दायित्व आफुले पुरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

परिचयात्मक कार्यक्रममा नेपाली काँग्रेसका शालीकराम शर्माले बुर्तिबाङ जिल्लाकै दोश्रो शहर भएका कारण शान्ति सुरक्षा महत्वपुर्ण पक्ष भएको बताउदै यसका लागि प्रहरीले सक्रिय भुमिका निर्वाह गर्नुपर्ने बताएका थिए । नेकपा एमालेका टँक पौडेलले प्रहरीको भुमिका शान्ति सुरक्षा र समाज
रुपान्तरणमा रहने भएका कारण जनता सँग समन्वय गर्दै अगाडि बढ्न र समाजमा हुने सानातिना घटना जिल्लामा नपुर्याई ईप्रकालेनै सुल्झाउनु पर्ने सुझाब दिएका थिए । त्यस्तै माओबादी केन्द्रका चित्र भण्डारीले बोल्दै कसैलाई भेदभाब नगरी सबै जनतालाई समान रुपले हेर्दै अन्यायमा परेकालाई न्याय र कानुन बिपरीत कार्य गर्नै व्यक्तिलाई कानुन सम्मत कार्वाहि गर्नुपर्नै बताए ।

महिला प्रतिनीधिको तर्फदेखि दुर्गादेवी घर्तीले बोल्दै महिला माथि हुने बिभेद र मदिराका कारण हुने घटना रोक्नमा प्रहरी सक्रिय हुनुपर्नैमा जोड
दिएकी थिईन । सिनीयर अहेब ऋतुवर्ण पौडेलले प्रहरीले थालेको बजारको फोहोर ब्यबस्थापनलाई निरन्तरता दिनुपर्ने बताएका थिए । नेपाल रेडक्रस सोसाईटी उपशाखा बुर्तिबाङका संयोजक मेषलाल शर्माले कसैको आड र त्रासमा नभई न्याय सँगत तवरले प्रहरीमा आएका उजुरीको छिनोफानो गरीदिन सकेमा जनताको न्याय हुने बताए । होटल ब्यबसायीको तर्फदेखि बोल्दै धुव्र श्रेष्ठले होटल ब्यबसायलाई बिगतका समयमा कडाई गरीएको गुनासो गरेका थिए ।
कार्यक्रम प्रहरी सहायक निरीक्षक नारायण शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply