छविलाल पाण्डे बुर्तिवाङ २०७६ पुस २२ । तमानखोला गाउँपालिका वडा नं.६ नर्जादेखि भित्रिवन जोड्ने झलुङगे पुलको सर्वे गरीएको छ । स्थानीयबसीलाई नदी तरेर वारपार गर्न निकै समस्या भइरहेको अवस्थामा स्थानीय बासीको आग्रह पछि नेपाली काँग्रेसका क्षेत्रीय सभापती दोर्णकुमार कुवँरको विशेष पहलमा पुलको सर्वे भएको बताइएको छ ।
आफुले जनताको आवस्यकतालाई मध्यनजर राख्दै विगतदेखि विभिन्न स्थानमा झलुङगे र मोटरेवल पुलको पहल गरी काम भइरहेको र यसपटक क्षेत्र नं.२ अन्तर्गत विभिन्न पालिकामा गरी पाँचवटा पुलको सर्वे भइरहेको नेता कुवँरले बताए ।
बृजडिभिजन कार्यालय अन्र्तगत एस्पेश इन्जिनीयरीङ सर्भिस कम्पनीले पुल निर्माण हुने क्षेत्रको अध्ययन पुरा गरेको हो । नर्जा–भित्रिवन जोड्ने पुल ३ सय ९ मिटर लम्बाईको हुने बताईएको छ । उक्त पुल बनेमा पैदल हिँडेर नदी पार गर्नुपर्ने बाध्यता स्थानीयमा हट्ने तमानखोला गाउँपालिकाकी उपाध्यक्ष मानशरी शेरचनले बताईन् । पुलको यस आर्थिक बर्षमा सर्वे डिजाइन भएको र आगामि आर्थिक बर्षम बजेट बिनीयोजन भइ काम सम्पन्न हुने इन्जिनीयर हेमराज सर्माले बताए ।
पुल सर्वे कार्यक्रमा तमानखोला वडा नं.६ का अध्यक्ष कुलबहादुर छन्त्यालको अध्यक्षता, तमानखोला गाउँपालिका उपाध्यक्ष मानशरी शेरचन, कार्यपालिका सदस्य हिरामान विक, स्थानीय चित्र छन्त्याल, लोक छन्त्याल, लिला छन्त्याल, शिक्षक ओमप्रकाश छन्त्याल, लगाएत स्थानीयको उपश्थिती रहेको थियो ।