Sorry, that menu does not exist.
 

धार्मिक पर्यटकीय स्थल पन्चकोटमा भोलि चिर प्रतीक्षित कलश निर्माण कार्यको शुभारम्भ गरिदै !

कृष्ण सापकोटा, बागलुङ पन्चकोट २०७६ पुस २५ । बागलुङ नगरपालिका ६ स्थित धार्मिक पर्यटकीय गन्तव्य पन्चकोटमा चिर प्रतीक्षित १२८ फिट अग्लो कलश निर्माण कार्य भोलि पुस २६ गते शुभारम्भ गरिने भएको छ । पन्चकोट बिराट श्रीसभा एवं १२८ फिट अग्लो कलश निर्माण शुभारम्भ समारोहमा पन्चकोटका सम्पूर्ण संस्थापक सदस्य एवं भक्तजनहरुलाई ऐतिहासिक समारोहमा उपस्थितीका लागी विश्वशान्ति सर्वसिद्धिधाम पन्चकोटले आमन्त्रण गरेको छ ।

भोलि शनिबार विहान ११ बजेको शुभसमयमा निर्माण कार्य थालनी गरिने यस कार्यमा स्वामी कमलनयनाचार्यको समुपस्थिति भने नरहने आयोजकले बताएका छन् ।

अहिले पनि दिनहुँ ठुलो संख्यामा श्रद्धालुहरुले अवलोकन गर्दै आएको रमणीय धार्मिक स्थल पन्चकोटमा कलश निर्माण पछी श्रद्धालु भक्तहरुका साथै आन्तरिक एवं बाह्य पर्यटकहरुको उल्लेख्य आगमन हुने विश्वास गरिएको छ ।

विश्वशान्ति सर्वसिद्धिधाम पन्चकोटमै ५ हजार ५ सय ५५ किलोको बिशाल घण्टा निर्माण गरिने कार्यको पनि निकट भविष्यमै शुभारम्भ गरिने आयोजकले जानकारी दिएका छन् । पन्चकोटमा सम्पूर्ण भौतिक संरचनाहरु निर्माण भएपछी यसको प्रशिद्धि व्यापक हुने विश्वास गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !