Sorry, that menu does not exist.
 

शिक्षा क्षेत्रको विकास विना समृद्धि असम्भव : युवा नेता काफ्ले

रामकृष्ण कँडेल, गुल्मी २०७६ पुस २६ । अनेरास्वबियुले मुसिकोट नगरपालिका ७ स्थित रूद्रावती बहुमुखी क्याम्पस वामीटक्सारमा आयोजित भेलामा प्रमुख अतिथिको रूपमा मन्तब्य राख्दै नेकपाका युवा नेता प्रकाश काफ्लेले शिक्षा क्षेत्रको विकास विना समृद्धि असम्भव रहेको बताएका छन् । नेता काफ्लेले शिक्षा क्षेत्र विकासको आधारभूत पक्ष रहेको पनि बताए ।

उनले संघीय गणतन्त्र नेपालको संविधानले शिक्षा क्षेत्रलाई मौलिक हकका रुपमा परिभाषित गरेको र बालबालिकाले शिक्षा पाउनु नैसर्गिक अधिकार रहेको बताए ।

शिक्षामा मात्रात्मक विकास भएकाले अब गुणात्मक शिक्षाको लागि अनेरास्वबियूले अग्रसरता लिई अगाडि बढ्ने बेला आएको उनको भनाई थियो।

प्रमुख अतिथि काफ्लेले, हामीले नेपालको शिक्षा विकासका क्षेत्रमा सानै भए पनि केही काम गरौं भन्दै समाजवादको आधार तयार गर्न अखिल एक ढिक्काका साथ अगाडि बढ्नु पर्ने बताए ।

नेकपाका युवा नेता काफ्लेले बिद्यार्थीहरूको बिचमा प्रशिक्षण मुलक मन्तब्य राख्दै विगतको निर्वाचनमा आफ्नो पार्टीले वाचा गरेका प्रतिवद्धताहरू र जनताका आकांक्षाहरू बर्तमान सरकारले पुरा गर्नु पर्ने कुरामा जोड दिए।

जन(सहभागिता बिना राजनीतिक भूमिका विस्तार हुन नसक्ने र प्रभावकारी राजनीतिक भूमिका बिना सभ्य र विकसित समाजको निर्माण हुन् नसक्ने भन्दै सबै जनताहरू राजनीतिकरूपमा सचेत भएर जनप्रतिनिधिहरूलाई निरन्तर खबरदारी गर्न आग्रह समेत गर्नु भएको छ।

कार्यक्रमका बिशिस्ट अतिथि बिधार्थी फ्ररयाक्सन ईन्चार्ज रामकृस्ण कंडेलले नेपालको शिक्षा क्षेत्रमा राज्यले कम रकम बिनियोजन गर्ने गरेकोले देशले शिक्षा क्षेत्रबाट राम्रो प्रतिफल पाउन नसकेको बिचार ब्यक्त गरे। शिक्षालाई निःशुल्क गर्ने राज्यको दायित्व रहेपनि राज्यले अहिले सम्म जुन भुमिका खेलेको छ त्यसले मात्र पुरा नहुने भएकाले अनेरास्वबियूले खवरदारी गर्नु पर्ने बिचार ब्यक्त गरे । शिक्षामा बढ्दो व्यापारीकरण रोक्न समेत कंडेलको बिशेष आग्रह थियो।

कार्यक्रमका बिशिस्ट अतिथि तथा अनेरास्वबियू गुल्मीका संगठन बिभाग प्रमुख श्रीराम महतले शिक्षाको गुणस्तर उठाउनका लागि अनेरास्वबियूको भुमिका शसक्त रहनु पर्ने कुरामा जोड दिए ।संगठन बिभाग प्रमुख महतले अखिलको इतिहास गौरब गर्न लायक रहेको भन्दै यो संगठन नेपालको शैक्षिक आन्दोलनको अगुवा भएको ठोकुवा समेत गरे।

कार्यक्रमका महतले सबै बिधार्थी सङ्गठन पेशागत माग पुरा गराऊन एक आपसमा गोलबन्द हुनुपर्ने भन्दै बिधार्थीका समस्याहरू राज्यले सम्बोधन गर्नुपर्ने बताए।

कार्यक्रममा अनेरास्वबियू गुल्मीका जिल्ला सदस्य बिमल छन्तेलले आफुहरूले बिधार्थीहरूका हक अधिकार प्राप्त गर्न संघर्ष गर्दै आएको भन्दै बिधार्थीका हक अधिकार हरू गुम्न नदिने बताए।

बिधार्थी भेलाले जगत अधिकारीको अध्यक्षतामा ३५ सदस्यीय क्याम्पस कमिटी निर्माण गरेको छ। संगठनको उपाध्यक्षमा संझना अर्याल, सचिबमा सन्देश रायमाझी, सह सचिबमा पवन सुनार, कोषाध्यक्षमा सुमित्रा सापकोटा रहेका छन्।

मुसिकोट नगरपालिका भित्रका शैक्षिक संस्थाहरूमा अनेरास्वबियूको संगठन निर्माणको लागि जिल्ला प्रतिनिधिको रूपमा बिमल छन्तेललाई संगठनले खटाएको बताईएको छ। जिल्ला सदस्य छन्तेलका अनुसार यथासक्य छिटो मुसिकोट नगरपालिका भित्रका शैक्षिक संस्थाहरूमा संगठन निर्माण गरी वामीटक्सारमा ऐतिहसिक रूपमा प्रथम नगर अधिबेशन समेत गरिने छ । भेलाको सभाध्यक्ष संझना अर्याल र सन्चालन सागर खत्रीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !