मित्रलाल खरेल, गल्कोट २०७६ माघ २ । गल्कोट नगरपालिकाका प्रशासकीय अधिकृत तुलबहादुर बिकले युवाहरु समाज परिवर्तनका बाहक भएकाले समाजमा चेतनामुलक कार्यक्रमहरु सन्चालन गर्नु पर्ने बताएका छन् । प्रशासकीय अधिकृत विक गल्कोट नगरपालिका ९ बाँसखोला स्थित ममता युवा समाजको दोश्रो वार्षिकोत्सव तथा माघे संक्रान्ति मेला २०७६ लाई प्रमुख अतिथीको रुपमा सम्वोधन गर्दै यस्तो बताएका हुन् ।
उनले गल्कोटका युवाहरु विदेश पलायन बाट रोक्नका लागी नगरपालिकाले कृषि क्षेत्रसंग सम्वन्धित युवा स्वरोजगार कार्यक्रम ल्याउन लागेको बताए । दलित बर्ग र बस्तीहरु पछाडी परेको अवस्थामा सो क्षेत्रलाई सम्वोधन गर्न नगरपालिका पछी नपर्ने उनको भनाई थियो । समाजका अध्यक्ष चन्द्रबहादुर बिकले दलित बस्तीका समस्याहरु समेटिएको ज्ञापनपत्र प्रशासकीय अधिकृत बिकलाई हस्तान्तरण गरेका थिए ।
सो अवसरमा भलिबल, पुरुष तथा महिला रस्साकसी, घैँटोफोर, महिला कुर्सी रेश, लोकनृत्य प्रतियोगिताको आयोजना गरिएको थियो ।
समाजका अध्यक्ष बिकको अध्यक्षतामा भएको कार्यक्रम संस्थाका संस्थापक सदस्य रुद्रबहादुर रानाको स्वागत तथा संस्थाका सल्लाहाकार जीवन बिकको सन्चालनमा सम्पन्न भएको थियो ।