रामशरण पोख्रेल, पोखरा २०७६ माघ ५ । लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गण्डकी प्रदेशले त्यस क्षेत्रका अभिकर्तालाई जम्मा गरि स्किल डेभलपमेन्ट तथा मोटिभेशनल कार्यक्रम पोखरामा शनिबार सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सहायक महाप्रबन्धक उमापती पोखरेलले सबै नेपाली समक्ष बिमाको सकारात्मक सन्देश नपुगेको हुँदा अभिकर्ताले बिमाको जनचेतना फैलाउन महत्त्वपूर्ण सहयोग गरेको बताए । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सधै र सबै पक्षमा अगाडी रहनुमा बिमा अभिकर्ता एक रहेको जिकिर गर्दै बिमा नगरेका नेपालीहरुलाइ नेपाल लाइफ इन्स्योरेन्समा बिमा गर्न सन्देश दिए ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी गण्डकी प्रदेश प्रमुख दशरथ झाको सभापतित्वमा सम्पन्न कार्यक्रममा अन्तर्राष्ट्रिय मोटिभेटर बिपि रेग्मीको प्रमुख मोटिभेशन रहेको थियो ।
कार्यक्रममा पेशागत बिमा अभिकर्ता संघ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बिमक समितिका केन्द्रिय सदस्य नेत्र ढकालले सुभकामना मन्तव्य राखेका थिए । पेशागत बिमा अभिकर्ता संघ नेपाल लाइफ इन्स्योरेन्स पोखरा शाखाका अध्यक्ष तारा बरालले स्वागत गरेको कार्यक्रमको संचालन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पोखरा शाखा प्रमुख कुशल सिंह थापाले गरेका थिए । उक्त कार्यक्रमको अवसर पारी गण्डकी प्रदेश अन्तरगतका सम्पुर्ण शाखा तथा उपशाखा प्रमुख र सिनियर एजेन्सी म्यानेजरलाई सम्मान गरिएको थियो ।