छविलाल पाण्डे, बुर्तिवाङ २०७६ माघ ८ । निसीखोला गाउँपालिकामा यस आर्थिक बर्षमा सम्पन्न गर्ने विकास योजनाको काम तिव्र गतिमा अगाडी बढेको छ । आर्थिक बर्ष २०७६/७७ सुरु भएयता बर्षातको समय, दशैतिहार जस्ता चाडपर्व र लगत्तै प्रदेश सभाको निर्वाचनका कारण विकास योजना सुचारु गर्ने केहि ढिलाई भइरहेको अवस्थामा मँसिर महिनामा उपभोक्ता समितीलाई गाउँपालिकाले वडामा तहमै पुगेर योजना सञ्चालन र सम्पादन सम्बन्धि तालिम दिएपछि अधिकाँश योजनाको सर्वे भइसकेको र पन्ध्र प्रतिशत योजना सम्झौता भएरपनि निर्माण चरणमा रहेको गाउँपालिका योजना शाखा प्रमुख पुरुषोत्तम गौतमले बताए ।
गाउँपालिकामा यसबर्ष ६ झलुङगे पुल बन्नुपर्नेमा सबै योजना सम्झौता भएसकेको र अन्य महत्वपूर्ण योजनाको समेत योजना सम्झौता भइ निर्माण चरणमा रहेका कारण यस महिना भित्र पालिका तथा वडाका प्राय सबै योजनाको सम्झौता भइसक्ने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्यले बताए ।
यस आर्थिक बर्षमा आफनै भवन निर्माण गरेको गाउँपालिकाले पछिल्लो समय आफनै भवनबाट सेवा प्रवाह गर्दे आइरहेको छ । सिसिटिभी जडान, इन्टरनेट सेवा र सफट्वयरको माध्यमबाट सहजरुपमा सेवा प्रवाह भइरहेको प्रशासकीय अधिकृत शाक्यले बताए ।
कर्मचारी अभाबका बाबजुत पनी कार्यसम्पादन गर्दै आइरहेको गाउँपालिकामा पछिल्लो समय विषयगत शाखा अन्र्तगत अधिकाँश शाखामा कर्मचारी रहेको र शिक्षा शाखा तथा वडा सचिबका लागि माग गरीएका कारण आवश्यक कर्मचारी यहि माघ मसान्त सम्म परिपुर्तिे भइसक्ने शाक्यको भनाई छ ।
यसैवीच निसीखोला गाउँपालिकामा कक्षा १ देखि ८ सम्मको बार्षिक परिक्षा फागुन २७ गतेदेखि सञ्चालन गर्ने भएको छ । गाउँपालिका कार्यालय र गाउँपालिका अन्तर्गत रहेका सम्पूर्ण विद्यालयका प्रअ विचको बैठकले फागुन २७ देखि परिक्षा सञ्चालन गर्ने र परिक्षाको नतिजा सफट्वयर मार्फत प्रकाशन गर्ने गरी आवस्यक तयारी गरीएको प्रमुख प्रशासकिय अधिकृत शाक्यले बताए ।
गत आइतबार भएको बैठकको निर्णय अनुसार सबै विद्यालयमा गाउँपािलका स्तरीय प्रश्नपत्र तयार पार्ने र एकैदिन देखि परिक्षा सञ्चालन गर्ने निर्णय भएको छ । एसईई परिक्षा सञ्चालन हुनु अगावै चैत्र पहिलो हप्तामै परीक्षा सम्पन्न हुने भएको हो ।