Sorry, that menu does not exist.
 

वर्षातले माघे सक्रान्ति तथा होरे मेला प्रभावित : माघ ९ गतेमात्र मेला सम्पन्न !

अनिष पाठक, खर्वाङ २०७६ माघ १० । गोर्खा व्वाईज युवा क्लव, देवीस्थानद्वारा आयोजित माघे सक्रान्ति तथा होरे मेला सम्पन्न भएको छ । मेलामा ३० वर्ष माथिका पुरुष भलिवलमा ढोरपाटन नगरपालिका १ बुर्तिवाङ प्रथम तथा निसीखोला गाँउपालिका २ बाहुन गाँउ व्दितिय भएका छन । प्रथम र व्दितियले क्रमश खसि र बोका प्रप्त गरेका थिए ।

त्यस्तै १० टिमको सहभागिता रहेको क्लव स्तरिय पुरुष भलिवलमा सनराइज युवा कलब निसीखोला २ गुग्जाखोला प्रथम हुदै नगद ६० हजार मेडल र प्रमाण प्रत्र प्रप्त ग¥यो भने व्दितिय आयोजक गोर्खा व्वाईज निसीखोला १ लेवाङले ४० हजार मेडल र प्रमाण पत्रमा चित बुझायो ।
खुल्ला महिला भलिवलमा बडीगाड गाँउपालिका प्रथम हुदै ३० हजार मेडल र प्रमाण पत्र हात पार्यो भने व्दितिय हुन सफल आयोजक गोर्खा व्वाईज निसीखोला १ लेवाङले २० हजार मेडल र प्रमाण पत्र प्रप्त ग-यो ।

खुल्ला एकल नृत्य प्रतियोगितामा यमुना पुन मगर प्रथम, जनु गुरुङ व्दितिय, टेकमया पुन मगर तृतिय, भएका थिए । खुल्ला एकल नृत्यमा आयोजकको निर्णय अनुशार पुरस्कार दिइएको थियो ।

माघ २ गतेबाट शुरु हुने भनिएको मेला प्रतिकुल मौसमका कारण ४ गते शुरु भई ९ गते अवेर सकिएको मेलामा ५ गते चर्चित कलाकार राजु परियर, रितु थापा, रामु विरहि लागाएतको प्रस्तुती रहेको थियो ।

मेला अवधिभर होरे, सालैजो, सोरठि नाच संगै पञ्चेबाचाको समेत प्रस्तुती रहेको थियो । मेला कल्वका अध्यक्ष्य गांगा घर्ति मगरको अध्यक्षता तथा सचिव भक्त बहादुर पुन मगर र पुर्व उपाध्यक्ष बोम घर्ति मगरको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढौं- माघी विशेष : देविस्थान लेवाङको होरे नाँच भित्र लुकेको संस्कृति र परम्परा !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !