बागलुङ २०७६ माघ १० । विश्व अहिले कोरोना भाईरसको सन्त्रासमा छ । छिमेकी देश चीनमा देखिएको यो रोग विश्वका विभिन्न देशहरुमा फैलिदै छ । चीनमा यस कोरोना भाईरसबाट २६ जना भन्दा बढीको मृत्यु भैसकेको छ भने ८ सय ३५ जना संक्रमिति रहेका छन् । यस रोगको सक्रमण भारत, अमेरिका लगायत नेपालमा पनि भेट्टिएको छ ।
नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी चीनको युवान क्षेत्रबाट नेपाल आएका एक विद्यार्थीमा कोरोना भाईरसको सक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
सामाजिक सन्जालमा एक नयाँ भिडियो भाईरल भैरहेको छ जसमा एक चीनिया युवतीले चमेराको सूप पिईररहेको देखिन्छ । यिनै युवतीबाट कोरोना भाईरस फैलन सुरु भएको दाबी गरिएको छ । एक रिपोर्टका अनुसार स्तनधारी जीव चमेराको सूप खाएपछी चीनीया युवतीमा कोरोना भाईरस निस्कियो र युवतीकै कारण उनीबाट अरुमा यो भाईरस फैलियो ।