रामकृस्ण कंडेल, वामीटक्सार २०७६ माघ १२ । मुसिकोट नगरपालिकाले वार्ड नं ७ मा फोहोर प्रशोधन केन्द्रको निर्माण कार्यलाई तिब्रता दिएको छ। नगरपालिकाले फोहरलाई मोहरमा परिबर्तन गर्ने लक्षका साथ फोहर प्रशोधन केन्द्रको स्थापना गर्न लागेको हो । नगरपालिका भित्रको फोहर बिभिन्न स्थानबाट संकलन गरी प्रशोधन केन्द्रमा ल्याईने नगरपालिकाले जनाएको छ ।
कुहिने र नकुहिने बस्तुहरू लाई छुट्टा छुट्टै स्थानमा राख्ने ब्यबस्था मिलाईने छ । कुहिने बस्तुबाट प्रांगारिक मल बनाईने छ भने नकुहिने बस्तुहरूलाई राम्रो संग ब्यबस्थापन गरी बिक्री हुने स्थानहरूमा पठाईने मुसिकोट नगरपालिका नगरप्रमुख सोमनाथ सापकोटाले बताए । नगरप्रमुख सापकोटाका अनुसार नगरपालिकाको आफ्नो डम्पिङसाईड नहुदा यस कार्यका लागि करिब दस रोपनी जग्गा दस बर्षको लागि बार्षिक प्रति रोपनी रु ७ हजारको दरमा भाडामा लिईएको छ ।
‘मुसिकोट नगर भित्रको फोहर कसरी ब्यबस्थापन गर्दै हुनुहुन्छ ?’ भन्ने हाम्रो जिज्ञॉसामा नगरप्रमुख सापकोटाले सरसफाईका क्रममा स्थानीयहरू लाई फोहरमैलाको सही व्यवस्थापन र विसर्जनबारे सचेतना प्रदान गरिने छ भने घर, सडक तथा आसपासमा गरिएको अव्यवस्थित कार्यलाई रोक्न प्रेरित गरिने बताए । नगर क्षेत्रको सरसफाई गर्नु सम्पूर्ण नगरवासीको सामुहिक दायित्व भएकोले यही जागरण नगरवासीमा जगाउन आफूहरू लागिपरेको नगरप्रमुख सापकोटाको भनाई छ । नगरप्रमुख सापकोटाले आफ्नो घर पसल वरपर, छरछिमेक र सार्वजनिक स्थानको सरसफाई सबैको सामुहिक प्रयासले मात्र पुरा हुने बताए ।
केहि समय अगाडि नगरपालिकाको तर्फबाट हामीहरू फोहर ब्यबस्थापन सम्बन्धी देशका अन्य स्थानिय सरकारहरूको अनुभब अध्ययन गर्न बिभिन्न स्थानमा पुगी फर्केका छौ, त्यस अनुभबलाई हाम्रो नगरपालिका भित्रको फोहरलाई नगरपालिकाको अनुकुलतमा मोहरमा परिबर्तन गर्ने उद्देश्यका साथ काम अगाडि बढाईएको मुसिकोट नगरपालिका आर्थिक संयोजक प्रकाश काफ्लेले बताए । तिब्र बजारीकरणको प्रभाबमा परेको वामीटक्सार बजारको लामो समय पहिले देखिको समस्या फोहरमैला ब्यबस्थापनको लागि नगरपालिकाको यस निर्णयले समाधान हुनेु संयोजक काफ्लेको तर्क छ।
हाल सम्म प्रशोधन केन्द्रमा जग्गा सम्याउने, वाल निर्माण, ट्रस बनाऊने, खाडल खन्ने आदि लगायतका भौतिक संरचना निर्माणका कामहरू सम्पन्न गरिएको र यस कार्यका लागि गत साल १५ लाख र यस बर्ष १० लाखको काम भईरहेकोले २५ लाख खर्च भईसकेको आर्थिक संयोजक काफ्लेले बताए । आफुहरूले फोहर संकलनका लागि दुई ट्याक्टर खरिद गरि सकेको र प्रत्येक हप्ताको आईतबार बजार क्षेत्रको घरहरू बाट फोहर संकलन कार्य शुरू गरिएको वन बाताबरण तथा फोहरमैला ब्यबस्थापन समिति मुनपा ५(९ का अध्यक्ष गोपिकृष्ण खरेलले बताए । अध्यक्ष खरेलका अनुसार फोहर मैला ब्यबस्थापनका लागि नगरपालिकाको अनुदानमा ४० लाख पर्ने दुई ट्याक्टर ल्याई सकिएको बताए । सडकमा पानी छेप्ने काम पनि शुरू गरिएको खरेलले बताए । समितिको कार्य प्रगति बारे प्रस्ट पार्दै अध्यक्ष खरेलले हाल सम्म करिब ३००सदस्यलाई कार्ड बितरण गरिएको बताए। रातो,निलो र पहेलो।मासिक रूपमा फोहरमैला ब्यबस्थापन शुल्क स्वरूप रातो, निलो र पहेलो कार्ड प्राप्त गरेका सदस्यहरूबाट क्रमश मासिक रूपमा रु ५००, १०० र ५० उठाऊने गरिएको खरेलले बताए ।