मेरो अभाव हुन्छ भने तिमीलाई तिमी आउन सक्छौ
घाईते यो मुटुमा फेरी मलहम पट्टी लाउन सक्छौ !
जहाँं छोडेउ म त्यही नैछु जस्तो छोडेउ त्यस्तै नैछु
फेरिएको छैन यो मुटु मायाको आभास पाउन सक्छौ !
*
देश बेच्दै छौ अरे के कमी भयो र सरकार
हामीले पठाएको रेमिट्यान्स कहाँ गयो र सरकार ?
यता हामीलाई प्रदेशमा बेचेउ उता तिमी देश बेच्छौ
तालाचापी सबै सुम्पिदेउ बाकी केनै रह्यो र सरकार !
*
गाउको मान्छे म गल्ली पनि शहर लाग्यो
अन्जान यो शहरमा रमाउन रहर लाग्यो !
यहाँ मान्छेहरु त छन तर मानवता छैन
अमृत भनि पिलाए मलाई तर जहर लाग्यो !
*
जुनिभर साथ दिन्छु भन्नेले आज छोडेर गयौ
अटुट लग्थ्यो सम्वन्ध हाम्रो किन तोडेर गयौ !
सुख छदा सबै आफ्नो दु:ख पर्दा हैन रैछ
गन्तब्यमा पुग्नै नपाई बाटो अन्तै मोडेर गयौ !!
****
झलक काउचा
बागलुङ
हाल: दक्षिण कोरिया ।